मध्यपश्चिमलाई राष्ट्रपति सिल्ड, एथलेटिक्समा प्रमिला र सुनिल चौधरी च्याम्पियन
च्याम्पियनले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ नगद पुरस्कार पाए। १ सय १५ अंकमा पूर्वाञ्चल चौथो तथा ९२ अंकसहित सुदूरपश्चिमाञ्चल पाँचौं स्थानमा रहे।
सोमबार अन्तिम दिन पोखरा रंगशालामा छात्रा८ सय मिटर दौडमा पश्चिमाञ्चलकी गुडिया गुप्ता विजेता भइन्। उनले २ मिनेट ३९.१ सेकेन्डमा दूरी पूरा गरिन्। मध्यमाञ्चलकी अमिशा श्रेष्ठ दोस्रो र मध्यपश्चिमकी मञ्जु बिसी तेस्रो भए। सोही स्पर्धाको छात्रमा पूर्वाञ्चलका रविलाल पुरीले बाजी मारे। रविले २ मिनेट ०८.५ सेकेन्डमा दूरी पार गरे। सुदूरपश्चिमका धनबहादुर साहु दोस्रो र पश्चिमाञ्चलका प्रभुनाथ कुँवर तेस्रो भए।
छात्रा२ सय मिटर दौडमा मध्यपश्चिमकी प्रमिला चौधरी पहिलो भइन्। उनले २८.७२ सेकेन्ड लगाइन्। पश्चिमाञ्चलकी विन्दु थापा दोस्रो र मध्यपश्चिमकी तारा मल्ल तेस्रो भए। छात्रतर्फ मध्यपश्चिमका सुनील चौधरीले पहिलो स्थानमा कब्जा जमाए। उनले २३.९१ सेकेन्ड लगाए। मध्यपश्चिमकै सुवास रत्गैया दोस्रो र पश्चिमाञ्चलका शक्ति सापकोटा तेस्रो भए।
छात्राटि्रपलजम्पमा पूर्वाञ्चलकी लक्ष्मी श्रेष्ठ पहिलो भइन्। उनले ९.२१ मिटर जम्प गरिन्। मध्यपश्चिमकी राधा चौधरी दोस्रो तथा पश्चिमाञ्चलकी सुन्दरी थारु तेस्रो भए। उक्त स्पर्धाको छात्रमा १२.५० मिटर जम्म गरेका मध्यमाञ्चलका भुवन महतो विजेता बने। मध्यपश्चिमका सुवास रत्गैया दोस्रो तथा पूर्वाञ्चलका श्याम चौधरी तेस्रो भए।
तस्बिर : सन्तोष पोखरेल
प्रतियोगिताको छात्रमा सुनील चौधरी र छात्रामा प्रमिला चौधरी उत्कृष्ट खेलाडी चुनिए। मध्यपश्चिमका दुवैले ४–४ स्वर्ण जितेका थिए। सुनीलले १ सय र २ सय मिटर दौड तथा ४ गुणा १०० र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेका थिए। प्रमिलाले १ सय र २ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर रिले दौडमा स्वर्ण चुमिन्। प्रमिलाले थप १ कांस्य पनि जितिन्।
Facebook Comment