कञ्चनपुरको दैजी गाविस-३ धरमपुरका मुक्त कमलरीको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि रु १७ लाखको लागतमा बङ्गुर फार्म सञ्चालनमा ल्याइएको छ। गरिबी निवारण कोषको रु आठ लाख, प्लान नेपालको रु पाँच लाख छ हजार तथा स्थानीय समुदायको रु तीन लाख ९४ हजारमा उक्त फार्म सञ्चालनमा ल्याइएको हो।

bangurpalanpokhara

पाँच कट्ठा क्षेत्रफलमा फैलिएको फार्ममा विभिन्न जातका ४० बङ्गुर पालिएका छन्। मुक्त कमलरीले गठन गरेको ‘सन्देश महिला बचत तथा ऋण सहकारी संस्था’ले फार्मको व्यवस्थापनको कार्य गर्दै आएको छ।
मुक्त भएका कमलरी बालिकाकाको आर्थिक अवस्थामा सुधार ल्याई कमलरी प्रथा न्यूनीकरणमा टेवा पुर्याीउनका लागि फार्म सञ्चालन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)ले सञ्चालन गरेको कमलरी उन्मूलन प्रथा परियोजनाका जीविकोपार्जन अधिकृत राजीव अवस्थीले बताए।
‘बङ्गुर फार्ममा मुक्त कमलरीका १५ परिवार प्रत्यक्षरुपमा लाभान्वित भएका छन्,’ उनले भने। बङ्गुरले एकै पटकमा छदेखि ११ वटासम्म पाठा दिने गरेकाले पाठा बिक्री गरेरै वार्षिक रु एक लाख बढी आम्दानी लिन सकिने उनले बताए।
सहकारीका अध्यक्ष जगनी चौधरीले बङ्गुरको मासुको बजार प्रशस्त रहेकाले बङ्गर हुर्काउन सके फार्मबाटै बिक्री गर्न सकिने बताए। फार्ममा आबद्ध कमलरी परिवारले बङ्गुरको खानपान व्यवस्थापन, सरसफाइ र औषधोपचारको कार्य सामूहिकरुपमा गर्दै आएकाले पालनको कार्यमा कठिनाइ नभएको बताएका छन्। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *