१९ वर्षदेखि बमका छर्रासहित फोक्सोमै गोली बोकी हिँड्न बाध्य पतिराम चौधरी

लखन चौधरी/लोकान्तर

कैलालीको कैलारी गाउँपालिका ७ बसन्ताका ४७ वर्षीया पतिराम चौधरी (ड्राइगन) ती १० वर्षे सशस्त्र जनयुद्धका दिनहरू र आज जनयुद्ध दिवसको अवसरमा भलाकुसारी गर्दा एकाएक भावुक बने । आफूले प्रत्यक्ष लडेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको अनुभूति गर्न पाउँदा उनको छाती गर्वले फुलेर आउँछ ।
तर, त्यही छाती क्षणक्षणमै पीडाले दुखिरहँदा उनको मन रोएर आउँछ । शरीरका अंगहरुमा प्राण वायु सञ्चार गर्ने फोक्सो वर्षौदेखि बुलेटको विषले थिचिरहँदा उनी जीवन मरणको दोसाँधमा रहेको अनुभूति गर्छन् ।

हो, यो सुखानुभूति र दुखानुभूतिको एउटै कारण हो, निको नहुने १० सशस्त्र जनयुद्धले दिएको घाउ । उनी तत्कालीन माओवादीका सैन्य कमाण्डर हुन् । देश र जनताको लागि युद्धमा मोलिएका उनी युद्धकै मोर्चामा १५ गोली छातीमै थापेर युद्धबाट विश्राम लिए । तर हतियारको युद्धबाट विश्राम लिएका उनी त्यही युद्धको क्रममा खाएको असंख्य बमका छर्रा र बन्दुकका गोलीहरू बोकेर निरन्तर जीवन संघर्षमा हिँडिरहेका छन् ।

उनी भन्छन्, ‘युद्ध लडियो, देशमा आएको नयाँ शासन व्यवस्थाले खुशी पनि लाग्छ । तर हामी जस्ता जनताको लागि आएको व्यवस्थाले अवस्था परिवर्तन हुन नसक्दा दुःख लाग्छ । १९ वर्ष भयो, टाउको र हातमा बमका छर्रा छन् । फोक्सोमा बन्दुकको गोली । राज्यबाट पाउँदै आएको जीवन निर्वाह भत्ता पनि कटौती भयो । बडो दुःख लाग्छ ।’

ड्राइगन स्कूले जीवनदेखि नै तत्कालीन माओवादी निकट गोचारी परिवारमा संलग्न थिए । २०४८ सालमा कक्षा ८ मा पढ्दै गर्दा गोचारी परिवारमा आवद्ध भएको बताउने उनी २०५२ फागुन १ गते शुरु भएको सशस्त्र जनयुद्धमा मोमिए । युद्ध चर्किदै गर्दा २०५६ भूमिगत भए । विद्रोही स्वाभावका उनी शुरुदेखि नै शैन्य दस्तामा आवद्ध भए ।
माओवादीको जनमेलिसियाबाट आफ्नो विद्रोही सैन्य जीवन शुरु गरेका उनी स्क्वाइट, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर हुँदै बटालियन कमाण्डर समेत बने ।
२०५९ सालमा बटालियन कमाण्डर बनेका उनी ४० बढी ठूला घटनामा आफू संलग्न भएको सम्झिन्छन् । उनी ३ पटक शाही नेपाली सेनासँग दोहोरो भिडन्त हुँदा घाइते भएको बताउँछन् ।

२ दिनपछि होस् खुल्दा अस्पतालको शैयामा पाए
पहिलो पटक २०५८ मंसिर ११ गते दार्चुलाको गोकुलेश्वरमा प्रहरीको चौकी कब्जा गर्ने क्रममा हातमा बमको छर्रा लागेको बताउँछन् । दायाँ हातमा बमको छर्रा अझै रहेको बताउने उनी युद्धबाट चाहिँ विश्राम नलिएको सुनाउँछन् ।

केही समयपछि म्याग्दीको बेनीमा आक्रमण गर्दा पुनः घाइते भएको ड्राइगनले बताए । बेनी घटनामा बमको छर्रा आफ्नो टाउकोमै लागेको र २ वटा छर्रा झिक्न नमिल्ने भएपछि हालसम्म उनको टाउकोमै छर्रा रहेको छ ।
ती २ घटनाले पनि उनी युद्धको मोर्चाबाट पछि हटेनन् । २०५९ फागुन १४ गते विहान ८ बजेको कुरा हो । कैलालीको गौरीगंगा नगरपालिकास्थित बडैपुरमा ड्राइगन आवद्ध जनमुक्ति सेनाको बटालियन र शाही नेपाली सेनाको बटालियनबीच दोहोरो भिडन्त भयो ।

घटना स्मरण गर्दै उनले भने, ‘बिहानै दोहोरो भिडन्त शुरु भयो । सँगै रहेका एक जनालाई सेनाको गोली लाग्यो । उनी त्यही ढले । उनको बन्दुक र उनलाई अन्यन्त्र लैजान खोज्दा पछाडिबाट सेनाको १५ गोली छातीमै बर्सियो । बेहोस भएर त्यहीँ ढलेछु । साथीहरुले बोकेर जंगलमा लगे । २ दिनपछि भारतको लखनऊस्थित नुवा हस्पिटलमा लगिएछ । १० वटा बुलेट झिकिएछ । होस खुलेपछि आफूलाई अस्पतालको शैयामा पाए ।’

युद्धको घाउ दुखिरहन्छ
थप उपचारको लागि उनलाई सो अस्पतालले दिल्लीको बतरा हस्पिटलमा रेफर गर्‍यो । एमआरआई गर्दा उनको फोक्सोबाट अझै ५ गोली झिक्न बाँकी थियो । दिल्लीस्थित सो अस्पतालले फोक्सोमा रहेको बाँकी ५ गोली झिक्न नमिल्ने सुझाएछ । त्यसदिनदेखि उनी दुस्मनसँग लड्ने बन्दुक होइन, ‘दुस्मन’ले पछाडिबाट रोपेको ५ गोली फोक्सोमै बोकेर हिँड्न बाध्य छन् ।
बडैपुरको घटनाले उनलाई जीवनभरी पीडा दिएको छ । युद्धको निसानी बनेर दुख्दै आएको छ ।

युद्ध विरामसँगै माओवादी शान्ति प्रक्रियामा आएपछि उनी जनयुद्धका घाइतेका रुपमा राज्यबाट मासिक ६२ सय रुपैयाँ जीवन निर्वाह भत्ता पाउँदै आएका थिए । तर त्यही जीवन निर्वाह भत्ता रकम गत वर्षदेखि बन्द भएपछि उनलाई जीविकोपार्जनमा समस्या हुँदै आएको हो ।

‘पहिले भारतका अस्पतालहरुमा उपचार गराएको रिपोर्टहरू युद्धकालमै हरायो । हाल परीक्षण गराउँदा डाक्टरहरु शरीरको कम भागमा असर गरेको रिपोर्ट बनाइदिएछन् । सायद त्यही कारणले होला जीवन निर्वाह भत्ता नै रोकियो’, दुखेसो पोख्दै उनले भने, ‘तर मेरो फोक्सो र टाउकोमा भएको घाउ देख्दैनन् । गह्रौँ काम गर्न सकिन्न । परिवारको आश्रयमा बस्नु परेको छ । यो जाडोमा त झनै घाउ दुख्छ । कहिलेकाहीँ त झनै रक्तश्राव नै हुन्छ ।’

अझै पढ्नुहाेस