राहत बाँडेकै कारण महेश चौधरी दम्पतीमाथि मुद्दा चलाउने नगरको निर्णय

एस कुमार।

काठमाडौंमा एक महिलामा कोरोना पुष्टि भएपछि गत चैत ११ बाट सरकारले लकडाउन घोषणा गर्‍यो। समय बित्दै गयो। कोरोना संक्रमण झन बढ्दै गयो। लकडाउन लम्बिदै जाँदा दैनिक मजदुरी गरी परिवार पाल्ने दलित विपन्नहरु संकट परे।

मजदुरी गर्न नपाएकाहरु लकडाउनका कारण भोकभोकै पर्नेहरु राहतको माग गर्न थाले। सरकारले राहत दिन ढिलाइ गर्‍यो। देशभर विभिन्न संघसंस्था र दाताहरुले राहत अभियान चलाए। एक दम्पतीले लहानका विपन्नलाई राहत दिने योजना बनाए। उनी हुन् महेश चौधरी र संगिता कर्माचार्य।

चैत १९ गतेदेखि उनीहरुले राहत वितरण अभियान चलाए। पहिलो पटक लहान नगरपालिका २४ खप्टे डाडामा राहत बाँडे। त्यसपछि पनि उनीहरुले राहत वितरण अभियानलाई निरन्ता दिए। हालसम्म करिब ३ हजार.दलित तथा विपन्नलाई राहत बाँडेको उनीहरु बताउछन्। समस्यामा परेकाहरु राहतका लागि चौधरी दम्पतीलाई फोन गर्न थाले। त्यसपछि चौधरी दम्पती खोजी खोजी राहत दिन थाले।

 

चौधरी लहानस्थित एपोलो ॐ बोर्डिङ स्कुलका सञ्चालक हुन्। उनकी एक छोरी अमेरिकामा छिन्। त्यसैले उनलाई राहत बाँड्न समस्या भएन। अन्य दाताहरुबाट पनि उनले सहयोग मागेर राहत बाँडे। जहाँ राहत वितरण बाँड्थ्यो, त्यहाँका जनप्रतिनिधिसँग समन्वय पनि गरेका थिए। धेरैले उनको अभियानलाई साथ दिएका थिए। समय अभाव देखाउँदै कुनै ठाउँमा जनप्रतिनिधि उपस्थित भएनन्। राहत अभियानपछि उनी चर्चामा आए।

जब उनको लोकप्रियता बढ्न थाल्यो, अनी उनीमाथि षड्यन्त्र गर्न थाले लहानका मेयर मुनी साह। भदौं ८ गते बसेको नगरको कार्यपालिका बैठकले उनीमाथि अदालतमा मुद्दा दायर गर्ने निर्णय गर्‍यो। राहत बाँडेर आफ्नो इज्जत बर्बाद गरेको भनेर चौधरीमाथि मुद्दा दायर गर्ने निर्णय नगर कार्य समितिले गर्‍यो। एकद्धार प्रणालीबाट राहत वितरण गर्ने निर्णय नमानी राहत बाँडेको आरोप चौधरीमाथि लगाइयो।

तर चौधरीमाथि अदालतमा मुद्दा दायर गर्ने निर्णय सार्वजनिक भने गरिएका छैन। तर यसबारे जनप्रतिनिधरुले नै बोल्न थालेपछि चौधरीले थाहा पाए।

उनीले पाँच दिन अगाडी पत्रकार सम्मेलन गरी दलित विपन्नलाई राहत बाँड्दा आफुमाथि लहानका मेयर साहले मुद्दा दायर गर्न लागेको भन्दै दुःख व्यक्त गरे। चौधरी भन्छन्, ‘लकडाउनमा भोकभोकै भएका दलित विपन्नलाई राहत बाँड्दा म कसको के बिगार गरेँ ?

अझै पढ्नुहाेस