प्रेमिकालाई ह्विलचियरमा राखेर जब भोला चौधरीले भगाएर लगे

पुष्पराज खतिवडा/बारा

कलैया उपमहानगरपालिका–२४ सखुईकी शारीरिक अपाङ्ग २२ वर्षिय नीतु चौधरीलाई स्थानीय युवा भोला चौधरीले भगाएर बिवाहा गर्दा गाउँमा कुरा काटनेको कमी थिएन ।

तर आफन्त र छिमेकीहरुले सोचे भन्दा विपरित यतिबेला उनीहरुको दाम्पत्य जीवन भने सुखदरुपमा चलिरहेको छ । घरबाट भागेर नीतु र भोला जीतपुसिमरा उपमानगरपालिकाकोे सिमरा बजारनजिकै एक घरमा कोठा भाडामा लिएर बस्दै आएका छन् ।

५ वर्षअघि भएको सवारी दुर्घटना परी गंभिर घाइते बनेकी नीतुको कम्मरमूनिको भाग र दुबै खुट्टा चल्दैनन । नीतुको अवस्था यति नाजुक छ कि उनलाई दिशा पिसाब भएकोसमेत पत्तो हुँदैन । तर तिनै नीतु र भोलाबीच प्रेम झाङ्गिएपछि सम्बन्ध दाम्पत्य जीवनमा परिणत भएको छ । ।

एक महिनाअघि भोलाले नीतु बसेको फुसको घरको भत्केको टाँटीबाट निकालेर नीतुलाई दोस्रोपटक भगाएर बिवाहा गरेका हुन । दुर्घटनामा पर्नु अघिदेखि नै उनीहरुबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । पछिल्लोसमय उनीहरुलाई फेसबुकले घनिष्ट बनाएको थियो । प्रेम यति झांङ्गियो कि उनीहरु अब एकअर्का बिना बाँच्नै नसक्ने अवस्थामा पुगेका थिए । त्यही कारणले अभिभावकको अनुमतिबीना नै भगाएर नीतुको बेहाल जीन्दगीको बोझ बोक्न भोला तयार भएका छन ।

अभिभावकले फिर्ता ल्याएपछि नीतुलाई अपनााउने भोलाको पहिलोपटकको प्रयास विफल बनेको थियो । गत साउन ५ गते नीतु ह्वीलचियरमा बसेर भोलासंगै हेटौडा पुगेकी नीतु अभिभावकले फिर्ता ल्याएका थिए । तर उनीहरुले हिम्मत हारेनन दोस्रोपटक साउन १३ गते भने भोलाले फेरि घरबाटै बोकेर भगाएका हुन ।

भोलाले नीतुलाई नजिकैको मन्दिरमा लगेर धार्मिक विधिअनुसार बिवाहा गरे । नीतुको घाँटीमा आफ्नो नाम लेखिएको मंगलसुत्रसंगै सिंउँदामा सिंदुर लगाइ दिएका थिए भोलाले । हाल उनीहरु सिमराको एउटा घरमा कोठा भाडमा लिएर बस्दै आएका छन । उनी सूत्ने खाटनजिकै पलाष्टीकको एउटा टेबुल छ । खाना पकाउन आवश्यक सामान भोलाले तयार गरेर टेबुलमा राख्छन र नीतुले पकाउँने काम गर्दै आएकी छिन । दुबैले मिलेर भाँडा माझ्नेदेखि लुगा धुने कामसम्मको सबै गर्दैआएका छन । नीतुको दिशापिसाब र सरसफाईसँगै सम्पूर्ण स्याहार पनि भोला आफैंले गर्छन ।

लामो समयदेखि ओछ्यानमा थला परेकी नीतुलाई भगाएर विवाह गरेकोमा बुवाआमा र आफन्त पनि असाध्यै रिसाएका छन् भोलासंग । ‘तँ अब हाम्रालागि मरिस् समेत भनेका छन्, भोलाले भने, ‘आफनै आमाबाबा हुन् दुइ÷चार दिन त होला नि पछि त फेरि माया पलाइहाल्ला नि ।’ नीतुबीना अब आफु बाच्न नसक्ने भोलाको भनाइ छ । आफुले नीतुलाई सच्च प्रेम गरेको र बाचुन्जेल उनको सेवा गर्ने भोलाले बताएका छन ।

फलामको बेल्डीङ्ग र ट्रस्ट बनाउने सीप भएका भोला त्यहीकाम गरेर नीतुलाई सुखले पाल्ने बताउछन । नीतुले पनि भोलासँगको प्रेम विवाहपछि .खुसी महसुस गरेको बताइन । अभिभावक र समाजले पनि विस्तारै आफुहरुको बिवाहालाई स्वीकार्ने उनीहरुको विश्वास छ । १ वर्षअघिदेखि उनीहरुबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । भोलाले ४ अघि बिवाहका लागि नीतुसँग प्रस्ताव गरेका थिए ।

यसक्रममा मोवाइल फोन र फेसबुक म्यासेन्जरबाट उनीहरुबीच घण्टौसम्म कुरा हुने गरेको थियो । ‘मेरो अनुरोधमा नीतु बिवाहाको लागि तयार भइन, उनले भने, तर अभिभावकले नमानेपछि भगाएर बिवाह गर्नुपर्यो ।’ उनले अभिभावक र समाजका केही मान्छेले सोचे जस्तो नीतु आफ्नो जिन्दगीमा कहिल्यै बोझ नहुने बताएका छन । ‘माया भनेको शारीरिक अवस्थालेमात्र निर्धारण गर्ने कुरा होइन, भोलाले भने, नीतुलाई जीवनभरि खुसी तुल्याएर राख्ने छु ।’ नीतुले पनि भोलालाई धेरै माया गर्ने बताइन् । भोला जस्तो जीवनसाथी पाएर खुसी भएको नीतु सुनाउछिन ।

मामा घर जादा टेक्टर दुर्घटनामा परेर नीतु ०७२ सालमा गंभीर घाइने बनेकी हुन । नीतुको उपचारमा अभिभावकले १८ लाख भन्दाबढी रकम खर्च गरेका थिए । तर अवस्थामा सुधार नआएको आमा तिलेसरी देवी थरुनीले बताएकी छिन । पिसाब गर्न समस्या भएपछि पाईपबाट पिसाब गराउन नीतुको शरीरमा प्लाष्टीकको पिसाव थैली जोडिएको छ ।

उनी आफैं उठ्न र बस्नसमेत जतिबेला पनि अर्काको साहरा चाहिन्छ उनलाई । लगातार सुतिरहदा उनको डाँड र शरीरको पछाडिको भागमा घाँउ नै बनेको छ । यतिबेला भोलाको दैनिकी नीतुको स्याहारसुसार र उपचारमा बित्दैआएकाे छ ।

अझै पढ्नुहाेस