प्रदेश

थारू समुदायबाट पहिलो मुख्यमन्त्री बने डिल्ली चौधरी

लुम्बिनी प्रदेशमा कांग्रेस डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा नियुक्त गरेका हुन्।

थारुवान संबाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर सरकार ढलेपछि नागरिक उन्मुक्ति पार्टीले भूकम्प मात्र गएको प्रतिक्रिया दिएको छ । सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि मुख्यमन्त्री रावल नेतृत्वको सरकार ढलेको हो ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीको अडानका कारण संविधानद्वारा निर्धारित समयभित्र विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव नै अस्वीकृत भएपछि सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । एमाले नेतृत्वको सरकारका लागि बिहीबारसम्म विश्वासको मत लिने समय थियो ।

थारुवान संबाददाता

एमाले नेता एवं मधेस प्रदेश सांसद राजकुमार लेखी मन्त्री बनेका छन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। जसमा लेखी कानुन न्याया तथा प्रदेश मामिला मन्त्री बनेका छन्।

थारुवान संबाददाता

लखन चौधरी/रातोपाटी सरकार गठनको महिना दिन नपुग्दै नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा छटपटी सुरु भएको छ । नागरिक उन्मुक्तिको निर्णायक समर्थनमा बनेको प्रदेश सरकारले सो पार्टीकै विश्वासको मत पाउने वा नपाउनेबारे दुविधा बढेपछि मुख्यमन्त्री राजेन्द्र रावलमा छटपटी बढेको हो ।

लखन चौधरी/रातोपाटी

सबिता बुढा/सेतोपाटीबाट कमैया परिवारकी कोइलीदेवी चौधरी नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशको उपसभामुख बनेकी छन्। सत्ता साझेदार दलहरू नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी उपसभामुखमा बहुमतका साथ मंगलबार निर्वाचित भएकी हुन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको सरकार बनाउन नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरेको छ। डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटेर कांग्रेस नेताहरूले सो प्रस्ताव गरेका हुन्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले थारू समुदायको संस्कार र संस्कृति सरंक्षणमा प्रदेश सरकार लागिरहेको बताएका छन्। मन्त्री चौधरीले राज्यले अन्य समुदायको जस्तै थारू समुदायको संस्कार जोगाउन अग्रसर रहने बताए।

थारुवान संबाददाता

नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले माघपछिका संसदका कुनै पनि बैठक चल्न नदिने चेतावनी दिएका छन्। सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठकमा सोमबार सम्बोधन गर्दै प्रमुख सचेतक चौधरीले सो चेतावनी दिएका हुन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन्। कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको दाङको देउखुरीमा सोमबार बिहान भएको भेलाले चौधरीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले बताए।

थारुवान संबाददाता