लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन्। कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको दाङको देउखुरीमा सोमबार बिहान भएको भेलाले चौधरीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले बताए।

कांग्रेसले प्रक्रिया पूरा गरेर घोषणा गर्ने जनाएको छ। चौधरीले पनि साथीहरुले सर्वसम्मत समर्थन जनाउनु भएको तर औपचारिक घोषणा गर्न बाँकी रहेको जानकारी दिए। चौधरी शेरबहादुर देउवा निटक मानिन्छन्।

लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेताका लागि रुपन्देहीका अब्दुल रज्जाक, पाल्पाका बिरबहादुर राना र दाङकै राजु खनाल प्रतिस्पर्धी थिए। तीनै जनाले चौधरीलाई समर्थन गरेका छन्।

दलको उपनेता चयनमा भने एकदुई दिन अझै लाग्ने चौधरीले बताए। चौधरी दाङको निर्वाचन क्षेत्र ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। अहिलेको प्रदेशसभामा उनी ग्रामीण पर्यटन तथा सहरी विकास मन्त्री छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *