राजकुमार लेखी बने कानुन न्याया तथा प्रदेश मामिला मन्त्री

एमाले नेता एवं मधेस प्रदेश सांसद राजकुमार लेखी मन्त्री बनेका छन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। जसमा लेखी कानुन न्याया तथा प्रदेश मामिला मन्त्री बनेका छन्।

एमालेबाट सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन्। यसअघि नै मन्त्री भएका एमाले संसदीय दलका नेता समेत रहेका सरोज यादव भौतिक पूर्वाधारमन्त्री छन्।

मुख्यमन्त्री यादवको दल जसपाबाट सुनिताकुमारी साह सामाजिक विकास र सिंहासन कलावार खानेपानी तथा उर्जा विकास बनेका छन्। जसपाकै संजयकुमार यादव यसअघि नै अर्थमन्त्री छन्।

जनमत संसदीय दलका नेता महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्यमन्त्री नियुक्त भएका छन्। जनमतका बसन्तकुमार कुशवाह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भइसकेका छन्।

तीन दलबाट एकएक जना राज्यमन्त्री भएका छन्। एमालेका केशव राय गृह तथा सञ्चार, जसपाका शेख अब्दुल कलाम आजाद सामाजिक विकास र जनमतका सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *