सलिमा

निकिता चन्दकले जितिन् मिस नेपालको ताज

यस वर्षको मिस नेपालको ताज निकिता चन्दकले जितेकी छिन्। शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन्। उनलाई सन् २०१६ कि मिस नेपाल अष्मि श्रेष्ठले ताज पहिर्‍याइदिइन्। दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वर्ल्डमा...

थारूवान

राष्ट्रिय जनता पार्टीका नेता राजकुमार लेखीले प्रमुख दलका शीर्ष नेताहरुलाई जेल हाल्नुपर्ने बताएका छन्। सुनसरीको इटहरीमा प्रेस मञ्च नेपालले गरेको पत्रकार सम्मेलनमा लेखीले यस्तो बताएका हुन्।

थारूवान

गायकद्वय सन्जिब पराजुली र टीका प्रसाईंको आवाजमा रहेको ‘नाईं मलाई थाहा छैन’ ओरिजनल भर्सनको गीतमा आयोजित अन्तराष्ट्रिय नृत्य प्रतियोगिताको बिजेता आज बुधवार सार्वजनिक भएको छ | प्रतियोगितामा समावेश भएका ४० वटा भिडियोहरु मध्ये प्रतियोगी नं २८ का आयुष चौधरी र अभय चौधरी दाजुभाईको नृत्य भिडियो सर्वोत्कृष्ट भएको हो ।

थारूवान

कृष्णराज सर्वहारी सुन साइली गीत अहिले चर्चामा छ । र, चर्चामा छिन् छक्का पञ्जाकी निर्देशक अर्की साइली दीपाश्री निरौला । चार दिदी बहिनीमध्ये साइली उनी सानैदेखि नाच्ने शौखिन थिइन् । उनको नाच्ने शोखले परिवारले विराटनगरको बालमन्दिरको नृत्य कक्षामा भर्ना पनि गरिदिएको थियो ।

थारूवान

थारु कला, संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आएको चम्पन साँस्कृतिक समूहले नेपाल टेलिभिजनको ३२औं वार्षिकोत्सवमा आफ्नो प्रस्तुती देखाएको छ। थारु संस्कृति प्रवर्द्धन गर्दै आएको समूहका कलाकारहरुले वार्षिकोत्सवमा थारु नृत्य प्रस्तुत गरेका थिए।

थारूवान

थारु भाषाको ‘ए बाबा मोर लाग जन्नी खोज दे (बुवा मेरो लागि श्रीमती खोजी दिनुहोस)’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। बिहीबार धनगढीमा सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा आयोजित एक समारोहमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो। साहित्यकार डा. पुष्करराज भट्टले म्युजिक भिडियो सार्वजनिक गरे।

थारूवान

थारु समुदायकी नवगायिका अन्नु चौधरीको नेपाली भाषाको गीत सार्वजनिक भएको छ। भुलेर तिम्रो मायालाई बोलको गीत ड्रिम्स स्टुडियोले निर्माण गरेको छ। गणेश चौधरीको शब्द संगीत रहेको गीतलाई बुढासुब्बा डजिटलले युट्युबमार्फत् सार्वजनिक गरेको हो।

थारूवान

थारु चलचित्र तथा साँस्कृतिक संघले थारु सांस्कृतिक चलचित्र ‘जितिया’ निर्माण गर्दैछ। सुनसरीको मैनी गाउँमा यो फिल्मको सुटिङ सुरु भएको संघका वरिष्ठ उपाध्यक्ष एवं कलाकार रामलाल चौधरीले जानकारी दिए।

थारूवान

पपगायक संजय चौधरीले थारु भाषाको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गत माघी महोत्सवमा खिचिएको ‘पूर्वे गेलह पच्छिए गेलही’को म्युजिक भिडियो उनले सार्वजनिक गरेका हुन्।  

थारूवान

एसईई दिएर बसेका विद्यार्थीलाई संगीतकार विकास चौधरीले निःशुल्क संगीत तथा गायनको प्रशिक्षण दिने भएका छन्। परीक्षाफल प्रकाशित नभएसम्म संगीतमा रुचि राख्ने विद्यार्थीलाई उनले निःशुल्क प्रशिक्षण दिनेछन्।

थारूवान
1 16 17 18 19 20 46