राजनीति

शीर्ष नेतालाई कैलालीमा टेक्न नदिने लक्ष्मण थारुको चेतावनी (भिडियोसहित)

लखन चौधरी/धनगढी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारूले ६ प्रदेशमा सहमति गर्ने शीर्ष नेताहरुलाई कैलाली जिल्लामा पाइला टेक्ना नदिने चेतावनी दिएका छन्। कैलाली-कञ्चनपुरसहितको थारु बाहूल्य जिल्लालाई थरुहट/थारुवान बनाउनुपर्ने माग गर्दै बुधबार पनि धनगढीमा निकालिएको विशाल विरोध जुलुसलाई सम्बोधन गर्दै थारूले उक्त चेतावनी दिएका हुन्।

थारूवान

भरत दाहाल कुनै अनपेक्षित दुर्घटनाको भय र आतंकका बीचमा खुम्चिएर तथा कतिपय विदेशीहरुको दबाबलाई थेग्न नसकेर संविधानका विषयमा दलहरुले गर्दै गएका सहमतिहरुको पछिल्लो निष्कर्षका रुपमा प्रदेशहरुको नक्शा प्रस्तावित गरिएको छ । सत्तास्वार्थ र बाह्य रणनीतिमा जनतालाई झुट्ठा प्रकारका विषाक्त लालचहरुमा विभाजित गर्ने र अर्को परिस्थितिमा फेरि अर्कै बाह्य शक्तिको...

थारूवान

प्रमुख दलका शीर्ष नेताले नेपाललाई छ प्रदेशमा विभाजन गर्ने गरी सीमाङ्कनको विषयमा संविधान निर्माण प्रक्रिया अगाडि बढाउने सहमति गरेका छन्। तर, विभिन्न क्षेत्रबाट असन्तुष्ट समूहले आन्दोलन थालेर कतिपय स्थानमा हिंसाको रुप लिएको छ भने कतिपय स्थानमा आन्दोलन चर्काउने घोषणा हुन थालेको छ। यसैक्रममा पूर्वका ६ जिल्लाको छुट्टै प्रदेश हुनुपर्ने...

थारूवान

कैलाली र कञ्चनपुरलगायत कर्णालीपारिका जिल्लाहरू गाभेर ६ नम्बर प्रदेशको सीमांकन गरिँदा सुदूर तराईका थारू समुदाय झनै आक्रोशित हुन पुगेका छन् । उनीहरू थारू समुदायको पहिचानसमेत कायम हुने बेग्लै थरुहट स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका छन् । सोमबार पनि कैलालीको सदरमुकाम धनगढीदेखि राजमार्ग किनारका अन्य बजारसँगै टीकापुर समेत बन्द...

थारूवान

व्यापक छलफलपछि शनिबार राति प्रदेश सीमांकनसहित सहमतिको ‘ड्राफ्ट’ तयार भइसक्दा पनि मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गर्न मानेका थिएनन् । कैलाली र कञ्चनपुर जिल्लाको माथिल्लो भाग पहाडी जिल्ला समेटिएका प्रदेशमा राखे पनि तल्लो भागको थारु बाहुल्य क्षेत्र अलग प्रदेशमा राख्नुपर्ने उनको अडान थियो ।

थारूवान

संविधानसभाको बैठकमा ‘संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति’का सभापति बाबुराम भट्टराइले ‘नेपालको संविधान, २०७२’ (प्रारम्भिक मस्यौदा)लाई जनताले दिएका सुझावका आधारमा परिमार्जनसहितको प्रतिवेदन पेश गरेका छन्। सभापति भट्टराईले विगतमा आन्दोलनकारीबीच एकता नहुँदा मुलुकमा प्रतिक्रान्ति भएको सन्दर्भ उल्लेख गर्दै सामन्ती निरङ्कुश राजतन्त्रको अन्त्य भएपछि जनताले गणतन्त्र स्थापनासँगै नयाँ संविधान बनाउने सपनालाई पूरा...

थारूवान

थारु बाहूल्य कैलाली-कञ्चनपुरलाई पहाडमा मिसाएको भन्दै विभिन्न दलका थारु सभासदले मस्यौदा च्यातेर सांकेतिक विरोध गरेका छन्। आइतबार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा थरुहट तराई पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, एमाओवादीका केही थारु सभासदले संविधानको मस्यौदा च्यातेर बैठक बहिष्कार गरेका हुन्।

थारूवान

मध्यरातमा सिंहदरबारस्थित संविधान सभा सचिवालयमा चार दलका शीर्ष नेताहरुबीच सहमतिमा हस्ताक्षर गर्ने तय भयो। पत्रकारलाई त्यो ऐतिहासिक क्षणको दृश्य उतार गर्न शीर्षहरुको बैठक कक्षमा डाकियो। धेरै दिन, धेरै प्रहर सिंहदरबारको निर्णायक कक्षबाहिर सहमतिको व्यग्र प्रतिक्ष गरेका पत्रकारहरु जब कक्षभित्र प्रवेश गरे उनीहरुका तिर्खाएका क्यामेरा धडाधड सक्रिय भए।

थारूवान

प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा सीमाङ्कनसहितको सङ्घीयताको संविधानको मस्यौदामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सहमति पत्रमा आज मध्यराति हस्ताक्षर गर्नुभएको...

थारूवान

      थारु कल्याणकारिणी सभाले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। चार शीर्ष दलका नेताहरुले आफूअनूकुल सीमांकन गरेको भन्दै सभाले बिहीबार केन्द्रीय कार्यालय पुरानो बानेश्वरमा बैठक बसी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। सभाले तराईका जिल्लामा विरोध प्रदर्शनदेखि तराईमा आमहड्तालसम्मको कार्यक्रम घोषणा गरेको हो।

थारूवान