बिज्ञान-प्रबिधि

नेपाली वैज्ञानिकले मंगल ग्रहमा पानी पत्ता लगाए

अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडिमनिस्ट्रेसन (नासा) ले मंगल ग्रहको सतहमा पानी रहेको पुष्टि गरेको छ। नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको नेतृत्वमा रहेको टोलीले यो रहस्य पत्ता लगाएको हो। पृथ्वीको जुम्ल्याहा ग्रह भनिने मंगल ग्रहमा पछिल्लो ग्रिष्म ऋतुमा पानीको बहाब देखिएको तथ्य सोमबार सार्वजनिक गरिएको हो।

थारूवान

मानिसका हातहातमा मोबाइल पुगेको छ। तर, मोबाइलको ब्याट्री अपर्झट सकिँदा मानिस समस्यामा पर्छन्। यस्तै समस्याबाट छुटकारा पाउन पावर बैंकको प्रयोग बढ्दै गएको छ। कतै घुम्न जाँदा होस् वा बत्ती नपुुगेको ठाउँमा, मानिस पावर बैंक लिएरै पुगेका हुन्छन्। अझ लोडसेडिङ भइरहने हाम्रोजस्तो देशमा यो प्रभावकारी पनि बन्दै गएको छ। यसको...

थारूवान

– धेरै साथीहरूको फेसबुक म्यासेजबाट र ट्याग भएर अश्लील तस्बिर आइरहेका छन्। कतै मेरोबाट पनि त्यस्तै भइरहेको त छैन? – मेरो फेसबुकबाट कसैलाई अश्लील तस्बिर ट्याग भएकोमा क्षमा चाहन्छु। यो मैले गरेको होइन। मेरो फेसबुक ह्याक भएको हो या अरू नै, केही बुझ्नै सकिरहेको छैन। – अश्लील तस्बिर ट्याग...

थारूवान

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले भूकम्प आउनुभन्दा १० देखि २२ सेकण्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ। चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजनिक ठाउँमा साइरन प्रयोग गरिने बताइएको छ।

थारूवान

सर्च इन्जिन गुगलले आफ्नो ‘डुडल’मार्फत् नेपालको गणतन्त्र दिवसलाई शुभकामना दिएको छ। उसले वैशाख १२ गतेको महाभूकम्पलाई स्मरण गर्दै श्रदाञ्जलीसहित गणतन्त्र दिवसको शुभकामना दिएको छ। उसले बनाएको डुडलमा स्वयम्भूस्थित बौद्ध स्तुपा र मन्दिरसहित मैनबत्ती बालेको आकृति बनाएको छ।

थारूवान

एजेन्सी- सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकमा मोबाइलबाट च्याट गर्ने बानी लागेको छ? त्यसो भए तपाईंका लागि नराम्रो खबर– अब मोबाइलबाट च्याट गर्ने सुविधा तपाईंले पाउनु हुने छैन। केही समयपछि नै यो सुविधा विश्वभरका मोबाइल एप्सबाट हटाउने तयारी फेसबुकले गरेको छ।

थारूवान

एजेन्सी– तपाईं फेसबुकमा मन परेको फोटो सेयर गर्न कति रुचि राख्नुहुन्छ? मन परेको कुरा बाँड्न सबैलाई रहर लाग्छ नै। नेपाल र भारतमा सबैभन्दा धेरै सेयरिङ भने धार्मिक तस्बिरहरूमा हुने गरेको देखिन्छ। देउताको फोटो राखेर सेयर गरे फलिफाप हुन्छ भन्ने खाले अन्धविश्वासी सन्देश भएका फोटो सेयरिङ धेरै हुने गरेको छ।...

थारूवान

सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाउँदै छ कि? यस्तो चिन्ता धेरैले व्यक्त गरिसकेका छन्। मान्छेहरू कामधाम  एकातिर राखेर फेसबुक, ट्वीटरमा झुन्डिएका हुन्छन्। पार्टी भइरहेको हुन्छ, मानिस फेसबुकमा स्ट्याटस चेक गरिरहेका हुन्छन्। मान्छे डुबिरहँदा बचाउन छाडेर फोटा खिचेर फेसबुकमा अपलोड गर्न लागेको कार्टुन फेसबुकमा यसै लोकप्रिय बनेको होइन। एक जमानामा फोटो...

थारूवान

एप्पलले आई–फोन फाइभ सीको भाउ घटाउने विषयमा भएको पत्राचार सार्वजनिक भएको छ। ओटू जर्मनीबाट लिक भएको इमेलअनुसार आई–फोन फाइभ सीको मूल्य करिब ६० युरो अर्थात् ९ हजार रुपैयाँ घट्दैछ भने पहिलेको ८ जीबी स्टोरेज क्षमता बढाएर १६ जीबी बनाइदैछ। इमेलको स्त्रि्कनसट जर्मनको एक ब्लगरले सार्वजनिक गरेका थिए। प्रविधिको अर्को...

थारूवान

पोहोर एप्पलले आफ्नो उत्पादन आई–फोनको नयाँ संस्करण ल्याउँदा आई–फोन ६ ल्याउनुको साटो पुरानै आई–फोन फाइभका दुई परिस्कृत संस्करण पेश गर्यो , आई–फोन फाइभ एस र आई–फोन फाइभ सी। फाइभ सीलाई सस्तो मोडलका रूपमा प्रचार गरिए पनि यो त्यति सस्तो भने रहेन। सस्तोको साटो यो कलरफुल रह्यो। यद्यपि, बजारमा फाइभ...

थारूवान