देश

जमिनदारकहाँ फर्किँदै मुक्त कमैया, ५० भन्दा बढीले घर छाडे

यहाँका मुक्त कमैया परिवार सरकारले उपलब्ध गराएको घरजग्गा छाडेर जमिनदारकहाँ नै फर्किन थालेका छन्। बढैयाताल गाउँपालिका–४ रामनगरका ५० भन्दा बढी त्यस्ता परिवार रोजगारीका नाममा पुरानै जग्गा जोतभोग गर्न त्यसरी फर्किएका हुन्। यो क्रम विगत ८ वर्षदेखि चलिरहेको स्थानीय बताउँछन्।

थारूवान

कैलाली टीकापुर-५, नुक्लिपुरका २२ वर्षीय कविन्द्र चौधरी सम्पर्कविहीन भएका छन्। ६ महिनाअघि घरबाट निस्किएका उनी हालसम्म घर फर्किएका छैनन्। उनका आफन्त दीपेन कुश्मीका अनुसार घरबाट निस्किएदेखि कुनै सम्पर्क भएको छैन। प्रहरीमा उजुरी गरेपनि हालसम्म कुनै उपलब्धि नभएको उनले बताए।

थारूवान

पर्सामा यसवर्ष माघी महोत्सव मनाइने भएको छ। ओमआश्रमस्थित थारु मेलमिलाप सभाहलमा बोलाइएको थारु समुदायको भेलाले मनोज चौधरीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ। समितिले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ।

थारूवान

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–१ मनवाकी १८ वर्षीया छात्रा शकुन्तला चौधरी सोमबार बिहानै कलेज जान भनी घरबाट तयार भएर निस्किएकी थिइन्। नगरपालिकाको बडनिहारमा रहेको कलेजमा अध्ययनरत छिन् शकुन्तला।

थारूवान

अमेरिका र क्यानाडामा बस्ने थारुहरुको साझा संस्था थारु एन्ड फ्रेन्ड्स एसोशिएसनले नयाँ पदाधिकारी चयन गरेको छ। शनिबार र आइतबार भएको ११औं महाधिवेशनले डा‍. सुशील चौधरीको नेतृत्वमा नयाँ पदाधिकारी चयन गरेको हो। 

थारूवान

थारु समुदायको एउटा प्रचलित लोककथा हो हिट्वा । हिट्वा लोककथामा हिट्वा एक पात्र हुन्छन् । जसको प्रेम राजकुमारीसँग हुन्छ । एकदमै सोझो र इमान्दार हिट्वाको राजकुमारी हस्तक्वारीसँग प्रेम बस्छ । त्यही प्रेम सम्बन्धको उतार चढावलाई हिट्वा नाटकमा प्रस्तुत गरिएको छ । यो नाटक थारु समाजको प्रतिविम्बको रुपमा चित्रण गरिएको...

थारूवान

श्याम सि.टी./कपिलवस्तु । थारु समुदायको महान पर्व एवं नयाँ वर्षको अवसरमा तीन दिने नवौं कपिलवस्तु माघी (खचडी) महोत्सव २०७५ हुने भएको छ । थारु कल्याणकारिणी सभा कपिलवस्तुको अगुवाईमा शनिबार जिल्लाका सम्पूर्ण थारु अगुवा,बुद्धिजिवी,समाजसेवी लगाएतका जिम्मेवार ब्यक्तित्वहरुको बीच बृहत भेला थारु कल्याणकारिणी सभाको प्रांगणमा गोरुसिङ्गेमा सम्पन्न भएको छ ।

थारूवान

थारू समुदायको ठूलो पर्व माघ नजिकिदै गर्दा थारू समुदायमा माघको अवसरमा गरिने कार्यक्रमको लागि तयारी तिब्र पारिएको छ। यसैगरी दाङको तुलसीपुरमा पुस २५ गते तुलसीपुर क्षेत्रस्तरीय माघ कार्यक्रम हुने भएको छ।

थारूवान

थारु कोटाको विज्ञापन माग गर्दै थारु विद्यार्थी समाजले लोक सेवा आयोगमा निवेदन दर्ता गराएको छ। अध्यक्ष चन्द्रप्रसाद चौधरीको नेतृत्वमा संविधानले ग्यारेन्टी गरेको समानुपातिक समावेशीताको माग गर्दै थारु कोटामा विज्ञापन निकाल्नुपर्ने माग गरेको छ।

थारूवान

थारु कल्याणकारिणी सभा, युएईले थारुहरुको नयाँ वर्ष माघी मनाउने भएको छ। हरेक वर्षझैं यसवर्ष पनि विविध कार्यक्रम गरेर माघी उत्सव मनाउने बताइएको छ।

थारूवान
1 5 6 7 8 9 202