बर्दिया कांग्रेसमा थारु उम्मेदवारमाथि गरिएको अन्तर्घातको कथा

स्थानीय तह निर्वाचनमा बर्दियाका नेपाली कांग्रेसभित्रका थारुहरुमाथि भएको अन्तर्घातका बहसहरु सामाजिक सञ्जालमा देखिन थालेका छन्। कांग्रेसका थारु नेता-कार्यकर्ताहरु एकअर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएका छन्।

कांग्रेसभित्र यस्तै अन्तर्घातको उदाहरण ठाकुरबाबा नगरपालिाकामा देखिएको छ। ठाकुरबाबामा कांग्रेसले उत्कृष्ट बहुमतसहित विजयी भयो। कांग्रेसले प्रमुख र ९ मध्ये ५ वडामा विजयी भयो। तर, ७० प्रतिशत थारु रहेको ठाकुरबाबामा एकमात्र थारु उम्मेदवार मञ्जुकुमारी चौधरी पराजित भइन्।

प्रमुखमा कांग्रेसका तिलकराम लम्साल २२२४ मतान्तरले विजयी हुँदा उपप्रमुखमा चौधरी ५०२ मतान्तरले पराजित भइन्। मञ्जुलाई पराजित गर्दै एमालेकी विना कुमारी भट्टराई विजयी भइन्। जबकि एमाले एउटा वडामा मात्र विजयी बन्यो।

यो पनि पढ्नुस् :

राठौरको ठाडो हस्तक्षेपमा संसदीय समितिको निर्णय उल्टाएर जिससको सूचीबाट थारुको नाम हटाइयो

ठाकुरबाबाका थारुहरु यही कारण रुस्ट छन्। त्यहाँका थारुहरुको प्रश्न छ, ‘दुई हजार बढी मतान्तरले प्रमुखमा कांग्रेस जित्दा थारु उम्मेदवार ५ सय मतान्तरले कसरी पराजित बन्यो? एकमात्र वडा जितेको एमाले कसरी उपप्रमुख जित्यो? कि थारु भएकै कारण हराइयो?’

त्यतिमात्र होइन, थारु बाहुल्य क्षेत्रमा कांग्रेसले वडाध्यक्षमा कुनै पनि थारुलाई टिकेट नदिएको उनीहरुको गुनासो छ। पाएकै एउटा उपप्रमुख उम्मेदवारलाई पनि जानाजान हराएको उनीहरुको भनाइ छ।

‘बर्दियामा सबैभन्दा बढी अन्याय कांग्रेसले ठाकुरबाबामा गरेको छ।  ९ मध्ये एउटा वडामा पनि थारु क्यान्डिडेटलाई उम्मेदवार बनाइएन। थारुलाई टिकेट दिएको भए सायद अन्य वडामा विजयी हुने सम्भावना रहन्थ्यो। तर विडम्वना भन्नुपर्छ थारुलाई टिकेट दिइएन,’ ठाकुरबाबाका भुवनले भने।

थारुले टिकेट नपाउनुमा उनले थारुहरुकै दोष देख्छन्। ‘पार्टीभित्र हामी थारुहरु नै एकमत छैनौं। थारुहरुमै फाटो भएपछि त अरुले फाइदा लिने नै भए नि,’ उनले भने। उनले स्थानीय तह निर्वाचनमा धेरै आकांक्षीहरु रहेको र कतिले सिफारिस पाएको अवस्थामा पनि टिकेट नपाएको बताए।

‘सबैभन्दा दुःखको कुरा त यहाँ सिफारिस भएका थारुहरुले पनि अन्तिम समयमा टिकेट पाएनन्। उनीहरुसँग टिकेट खोसेर अरु उम्मेदवार उठाइयो,’ उनले भने। उनले पार्टीभित्र रुपान्तरण आवश्यक रहेको बताए। त्यसका लागि थारुहरु एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ।




2 thoughts on “बर्दिया कांग्रेसमा थारु उम्मेदवारमाथि गरिएको अन्तर्घातको कथा

  1. सबै भन्दा पहिला याे ठाकुरबाबा नगरपालिकामा थारुवानकाे नारा लगाउने नेतृत्व पंत्तिका महानुभाव लाई के भन्न चाहान्छु कि हिजाे चुनाब अगाडि कता थियाे तिमिहरु अहिले समाजमा लडाउन अाका छाै चुनाबि माहाेलमा अाएर थारुकाे नेतृत्व थारुवान भनेकाे भए हुन्थ्याे नि एक जुट भाकाे भए हुन्थ्याे नि अहिले संघिय चुनाबकाे मुखमा दहि चिउरा गर्नका लागि जातिय नारा लगाउदै छाै जुन किसिमले रक्सि र पैसाकाे लाेभमा भाेट बेचेका छन । अबकाे ५ बर्षमा थाहा हुनेछ थारुहरुले पाउने सेवा सुबिधा र कर काे कुरामा याे थारुवानकाे नेतृत्व गर्ने पक्कै एमालेकाे हुन पर्छ त्यसैले अहिले जातिय नारा लगाएर दुई हातमा लड्डु गर्न खाेजिरहेकाे छ ।

  2. थारुको भोटबाट काङ्ग्रेस, माओवादी, एमाले रजाइँ गरिरहेका पार्टी अहिले उल्टै थारुलाइ जातीय नारा भनेर आछेप लाउने ? आफ्नो कार्किको भोटले तिमिले बर्दियामा जितेर देखाउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *