निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै सर्वोच्च गए महन्थ ठाकुर

निर्वाचन आयोगमा सोमबार हुने सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ। आधिकारिता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले बिहीबार मात्र १२ असार २०७७ मा दर्ता भएको कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका ११ साउनमा बोलाउने निर्णय गरेको थियो। नेताहरुका अनुसार ११ साउनमा हेडकाउन्ट गर्दा जसपामा कायम समीकरणमा कुनै हेरफेर भएन भने उपेन्द्र यादव पक्षले आधिकारिता पाउनेछ।

अल्पमतमा रहेको ठाकुरको तर्फबाट प्रदीप पाठकले दायर गरेको रिटमा हेड काउन्ट रोक्न माग गरिएको छ । कार्यकारिणी समितिमा गरेको हेरफेरलाई अद्यावधिक नगरी विवाद निपरुण प्रक्रिया अघि बढाउँदा पार्टी केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने रिटमा दाबी गरिएको छ ।

यो पनि पढ्नुस् : जसपा विवाद टुंग्याउन निर्वाचन आयोगले रेशम चौधरीलाई पनि उपस्थित गराउला?




Leave a Reply

Your email address will not be published. Required fields are marked *