जसपा विवाद टुंग्याउन निर्वाचन आयोगले रेशम चौधरीलाई पनि उपस्थित गराउला?

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ। बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको आयोग स्रोतले बताएको छ।

जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवपक्षबीच विवद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यसपछि आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि जसपाको दुवै पक्षले त्यसलाई अस्वीकार गरेको थियो।

छलपलबाट विवाद समाधान नभएपछि आयोगले कानुनी रुपमा आधिकारिकता विवाद समाधान गर्न लागेको हो। जसपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको रुपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ। जसमा उपेन्द्र यादव पक्षले आफूहरुतर्फ ३० जना रहेको दावी गरेको छ।

रेशम चौधरी चौधरीलाई उपस्थित गराउला?
जसपाको कार्यकारिणी सदस्यमध्येका एक रेशम चौधरी पनि हुन्। उनी पूर्व राजपाका निर्वाचित सांसद हुन्। टीकापुर घटनामा उनी जेल सजाय भोगिरहेका छन्। दिल्‍लीबजार जेलमा रहेका रेशम चौधरीलाई पनि निर्वाचन आयोगले सनाखतका लागि बोलाउला?




Leave a Reply

Your email address will not be published. Required fields are marked *