प्रधानमन्त्रीका सल्लाहकारको दाबी- थाकससँगको वार्ता सहमति उन्मुख

सरकार र थारु कल्याणकारिणी सभा (थाकस)बीच दोस्रो चरणको वार्ता भएको छ। आइतबार साँझ भएको वार्तामा थाकसले प्रस्तुत गरेका मागहरुबारेमा थप ब्याख्या भएको बताइएको छ।

सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराईले वार्ता सहमति उन्मुख रहेको र थाकसले प्रस्तुत गरेका मागहरुबारे थप ब्याख्या र छलफल भएको जानकारी दिए।

‘नेपाल सरकार र थारू कल्याणकारि सभा संघर्ष समितिसँग आज दोस्रो चरणको वार्ता सम्पन्न भयो। वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरूका बारेमा थप ब्याख्या र छलफल भयो। वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको वार्ता निकट भविष्यमा फेरि बस्ने गरी आजको बैठक सम्पन्न भयो,’ बैठकपछि उनले भनेका छन्।

थाकसले सभापति धनिराम चौधरी, रेशम चौधरीसहित टीकापुर घटनाका अभियुक्त र राजबन्दीहरुलाई रिहाइ र झुटा मुद्दा खारेज गर्न माग गर्दै आएको छ।

गत चैत १७ गते बसेको समितिको पहिलो वार्तामा थाकसले १९ बुँदे माग प्रस्तुत गरेको थियो।

यो पनि पढ्नुस् :

थाकसको माग सुनेपछि सरकारी वार्ता टोलीले भन्यो- अध्ययन गरेपछि फेरि बोलाउँछौं




Leave a Reply

Your email address will not be published. Required fields are marked *