राना थारुको खखडेहरा पर्वको अवसरमा सार्वजनिक विदा

सुदूरपश्चिम प्रदेशमा भोली (सोमबार) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिएको हो । प्रदेश राजपत्रमा उल्लेखित बिदा सूची अनुसार प्रदेश सरकारले राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए ।

उनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद २०७७ जेठ २३ को निर्णय अनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । रानाथारू जातिले होरी पर्वको अन्तिम दिनको रूपमा मनाइने खखडेहरा पर्व भोली (सोमबार) मनाउँदैछन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *