खिचरा महोत्सवमा चिच्चरको प्वाकाको अत्यधिक माग

कारी महतो/चितवन

पुस २८ देखि माघ १० गतेसम्म चल्ने खिचरा महोत्सवमा जाडोको मौसममा खाने चिच्चरको प्वाकाको अत्यधिक माग बढेको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकहरूले महोत्सवको होटल परिसरमा चिच्चरको प्वाका र घोङ्घी स्वाद लिने गरेका छन् । कोहिकोहिले नतताएको प्वाका किनेर घर लैजाने गरेका छन् । महोत्सवको होटल परिसरमा एक दर्जन स्टलमा प्वाका किन्न पाइन्छ । दिपज्योति खाजाघर, थारू खाजा घर, थारू किचन, रोयल थारू रेष्टुरण्ट, लक्ष्मी रेष्टुरेण्ट, गोइरा खाजा घर, कोजी मम, कुमरोज रेष्टुरेण्ट, सामुदायिक होटल, एस।ए। मम ल्याण्ड, चितवन थारू खाजा घर, कपिया खाजा घर सबैमा चिच्चर र चिच्चरको प्वाका पाइन्छ । प्वाकाको साइज अनुसार प्वाकाको मूल्य एक सयदेखि तीन सय पचास रूपैयाँसम्म रहेको छ ।

खिचरा पर्वमा थारूहरूले खाने मुख्य परिकार चिच्चरको प्वाका हो । थारू समुदायले खिचरा पर्व लगायत जाडो मौसममा खाई जाडो भगाउने खान्गी चिच्चर र चिच्चरको प्वाकालाई प्रवर्द्धन गर्न खिचरा महोत्सव गर्दै आएको थारू कल्याणकारिणी सभा ९थाकस० चितवन क्षेत्र नं। ७ का सभापति रामेश्वर चौधरीले बताउनु भयो । महोत्सवको मुख्य गेट प्रवेश गर्नासाथ प्वाका र घोङ्घीको सालिक राखिएको छ । यसका साथै मुख्य अतिथिलाई पनि प्वाका र घोङ्घीकै मूर्ति मायाको चिनोको रूपमा प्रदान गर्ने गरिएको छ ।

अनदी चामललाई दश(बाह्र घण्टा भिजाई दुई घण्टासम्म बाफमा उसिनेपछि चिच्चर तयार हुन्छ । चिच्चरलाई डल्लो बनाई भोर्लाको पातमा बरूवाले कलात्मक तरिकाले बेरेपछि प्वाका तयार हुन्छ । भोर्लाको पातको अभावमा केराको पात ओइलाएर पनि प्वाका बनाइने गरिन्छ । यसरी बनाएर राखेको प्वाका दुई हप्तासम्म खान मिल्छ ।

प्वाका खानु भन्दाअघि यसलाई ‘घौरा’मा तताएर पकाइन्छ । घौरामा भुसको आगोको तातो खरानीले पुरेर राख्दा प्वाका पाक्छ । पाकेको प्वाकाको बाहिरपट्टिको धुलो टक्टकाएर पात उघारी त्यसभित्र रहेको प्वाकालाई प्लेट वा थालमा पस्केर माछा, मासु वा अन्य तरकारीसँग खाइन्छ ।

उहिले बाजेको पालामा विभिन्न मरमसला मिसाएको नुनखुर्सानीसहितको प्वाका बनाइने गरेको थाकस चितवन क्षेत्र नं। ६ का सभापति राधा चौधरीले बताउनुभयो । उनले भने, ‘कोहिकोहिले प्वाकाभित्र माछाको परिकारसमेत राखी प्वाका बनाउथ्यो । तर यसरी बनाएको प्वाका छिट्टै बिग्रिने भएकोले हिजोआज शुद्ध चिच्चरको डल्लो मात्र राखिन्छ।’

जाडो मौसममा प्वाका खाँदा यसले शरीरलाई निकै न्यानो बनाउने सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले बताउनु भयो । चिच्चर बढी खाएर तुरून्त पानी खाएमा अत्यधिक ताप उत्पन्न भई ज्वरो अर्थात् ूपोक्जरू समेत आउनसक्छ ।

चितवन र नवलपुरका थारू समुदायले खाने गरेको चिच्चर र चिच्चरको प्वाकाको स्वाद लिने स्थलको रूपमा स्थापित भएको खिचरा महोत्सवको प्रभावले स्थानिय जातको अनदी धान उत्पादन गरी महङ्गो मूल्यमा चामल समेत उल्लेख्य रूपमा बिक्री हुने गरेको छ । बजारमा स्थानिय जातको अनदी चामलको मूल्य दुई सय पचास रूपैयाँ प्रतिकिलो रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *