अब कोरोनाको उपचार सरकारले नगर्ने, संक्रमित आफैँले गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार सरकारले नभई सम्बन्धित व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको छ।

आइतबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले अति अपांगता, जेष्ठ नागरिक, सरसफाइकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक अन्यले परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयको आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले नेपाल सरकार मन्त्रिपरिषद्को असोज १९ को बैठक अनुसार उक्त निर्णय भएको जानकारी दिए। उनले अति अपांगता, जेष्ठ नागरिक, सरसफाइकर्मी, सुरक्षाकर्मीमा लक्षण वा चिन्ह देखिएमा परीक्षण तथा उपचार निःशुल्क गरिने जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *