प्रदेश सांसद डिल्लीबहादुर चौधरी अस्पताल भर्ना

नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरी अस्पताल भर्ना भएका छन्। निमोनिया र सुगरको मात्रा बढेपछि उनी अस्पतालनमा भर्ना भएका हुन्।

लुम्बिनी प्रदेश सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका उनी नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छन्। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ।

केही दिनअघि लुम्‍बिनी प्रदेश र राजधानी दाङ राख्ने विषयमा भएको मतदानमा उनले पार्टीको ह्वीपविरुद्ध दाङको पक्षमा मतदान गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *