मलेसियामा मनाइयो २४औं आदिवासी दिवस

नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले आयोजना गरेको २४ औं विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न भएको छ। २४ औं विश्व आदिवासी दिवसमा स्वागत मन्तव्य राख्ने क्रममा उपाध्यक्ष चौधरीले दिवस मलेसियामा आयोजना गर्नु उद्देश्यबारे प्रष्ट पार्नुको साथै आदिवासी दिवसको नारा समेत सुनाएको थियो।

आरपी चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि दूतावासको द्धितीय सचिव बिनोद मुखिया, सभापति महासंघका अध्यक्ष पिटि शेर्पा पिनासाले संयुक्त रुपमा दिप प्रज्वलन गरी गरेका थिए भने स्वागत मन्तव्य महासंघका उपाध्यक्ष तथा सञ्चार बिभाग प्रमुख घनश्याम चौधरी उर्फ आरएन चौधरी थारुले राखेका थिए। आदिवासी दिवस र वार्षिक उत्सवको सदुपयोग गर्दै मलेसियाको बसाई सकेर नेपाल फर्की सकेका कार्य समितीहरुको ठाँउमा महासंघ मलेसिया त्र रिक्त रहेको पदपुर्ती समेत गरेको छ।

द-फाइभ एलिमेन्ट होटलमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदुतावास मलेसियाको द्धितीय सचिव बिनोद मुखिया, विशेष अतिथिमा नेपाली व्यवसायी समाज मलेसियाको सह-सचिव बिपिन राई, अतिथिहरु आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसियाको अध्यक्ष सुनाखरी मगर, प्रवासी थारु सेवा समाज मलेसियाको अध्यक्ष मनिराम थारु, नेपाल मगर संघ मलेसियाको सह-कोषाध्यक्ष बिना मगर, तामाङ समाज मलेसियाको सह-कोषाध्यक्ष मिङ्खु तामाङ, किरात राई यायोक्खा,लगायत मलेसियामा रहेका विभिन्न जातीय संघसंस्थाको प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

विभिन्न जातीय संघसंस्थाको नृत्य प्रस्तुतिसंगै कार्यक्रमको सभापति पिटी शेर्पा पिनासा, प्रमुख अतिथि बिनोद मुखिया, अतिथीहरु दिल केरुङ लिम्बू, जीवन देवान गाउँले, प्रेम पान्डेय लगायतको उपस्थित सम्पूर्णले दिवसको शुभकामना दिँदै आ-आफ्नो मन्तव्य राखेका थिए भने एक वर्षभित्र महासंघ मलेसियालाई पुर्याउनुभएको योगदानको कदर गर्दै समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायतको कार्य समिति पदाधिकारीहरुलाई खादा, दोसल्ला ओढाइ सम्मान पत्र सहित सम्मानित गरेको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *