थाकस बुटवल उपमहानगर समितिमा श्यामलाल थारु चयन

कमल चौधरी/बुटवल।
थारु कल्याणकरीणी सभा (थाकस) बुटवल उपमहानगर समितिमा श्यामलाल थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य सभिति चयन भएको छ । जसको उपाध्यक्षमा कृष्ण बहादुर चौधरी, सचिवमा तुल बहादुर थारु, कोषाध्यक्षमा लक्ष्मि थारु, सह–सचिवमा फुलकुमारी थारु चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा प्रेम सगर चौधरी, रामप्यारे चौधरी, भिम प्रसाद चौधरी, घनश्याम चौधरी, चेत नारायण चौधरी, आसा चौधरी चयन भएका छन् । सल्लाहकारहरुमा वृजेस चौधरी, भण्डारीन चौधरी लगायत रहेका छन् ।

बु.न.प १७ मोतिपुर रुपन्देहीमा मंगलबार भएको कार्यक्रममा केन्द्रीय पार्षद् केशव सिंह चौधरी, जिल्ला सदस्य चन्द्रभान चौधरी, माधव थारु, मिलन थारु, लक्ष्मण थारु लागयतले बोल्दै थारु समुदायको भाषा, धर्म, संस्कृति संरक्षण र प्रबद्र्धनको लागि आफूहरु एक जुट भएर लाग्नुपर्नेमा जोड दिए । उनीहरु थारु समुदाय जुन सुकै राजनीतिक पार्टीमा अस्था राखेपनि थारु समुदायको अधिकार र पहिचानको लागि लाड्नु पर्ने बताए ।

कार्यक्रम कृष्ण बहादुर चौधरीको अध्यक्षता, जिल्ला अध्यक्ष रामबलि चौधरीको प्रमुख अतिथ्यता ,प्रेम सगार चौधरीको स्वागत र पत्रकार राज चौधरीको संचालनमा सम्पन्न भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *