नेपाल युथ एशिया कपको सेमिफाइनलमा, बिहीबार अफगानिस्तासँग खेल्ने

नेपाल मलेसियामा जारी एसीसी यु -१९ एसिया कपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ब‌ंगलादेशसँग पराजित हुँदा अंक तालिकामा दाेस्रो स्थानमा रहेर मलेसियालाइ हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । समूह बिजेता बनेर ६ अ‌ंक सहित बंगलादेश अग्रस्थानमा रह्यो भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा रह्यो।

यो समूहमा रहेका भारत २ अंक सहित तेस्रो स्थान र मलेशिया अंकविहिन अन्तिम स्थानमा रहे । बंगलादेशसँग ८ विकेटले पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएको हो । शिर्ष दुइमा स्थानमा रहेका टिम मात्र अर्को चरणमा छनाैट हुन्छन् ।

अब नेपालले शुक्रवार ग्रुप बी विजेता अफगानिस्तानसँग दोस्रो सेमिफाइनल खेल्नेछ । पहिलोमा बंगलादेश र पाकिस्तान बिहीबार खेल्नेछन् ।

यसअघि मंगलबार भएको मलेसिया बिरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी भयो । उक्त खेलमा ५.३ ओभरमा दुई विकेट गुमाउँदै नेपालले विजय लक्ष्य भेट्ट्याएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १२ रन, अनिल शाहले अविजित १७ रन बनाए।

यसअघि मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। वर्षाका कारण २४ ओभर छोट्याइएको खेलमा मलेसिया १५.३ ओभरमा अलआउट हुँदै ४५ रनमात्र बनाउन सकेको थियो।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। दिपेन्द्र ऐरी र सहब आलमले भने समान दुई दुई विकेट लिए। मलेसियाका लागि शइद मुबारकले २० र कप्तान विरन्दीप जगजीत सिंहले १० रन बनाउनबाहेक अरु खेलाडीले दोहोर अंक जोड्न सकेनन्। नेपालले यसअघि बंगलादेशसँग दुई विकेटले पराजित भए पनि भारतसँग ऐतिहासिक जित दर्ता गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *