थाकस कोरियाद्वारा निवर्तमान अध्यक्ष पुष्प चौधरीलाई सम्मान

कारी महतो/चितवन।
थाकस (थारु कल्याणकारिणी सभा) दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भई बनेको नयाँ कार्यसमितिको पहिलो बैठकका साथै सम्मान तथा विदाई कार्यक्रम अक्टोवर २९ तारिखमा सउलको छुङ्गाग स्थित ज्योती रेस्टुरेन्टमा सम्पन्न भएको छ । बैठकमा निवर्तमान अध्यक्ष पुष्प चौधरीलाई सम्मान तथा विदाई गरिएको छ । साथै सदस्य राजबन्धु महतोलाई पनि विदाई गरिएको छ ।

बैठकबाट चार सदस्यीय सल्लाहकार समिति मनोनित गरिएको छ । सल्लाहकारमा ओम प्रकाश चौधरी (पर्सा), विनोद चौधरी (सुनसरी), अमर बहादुर चौधरी (कैलाली) र दिपनारायण चौधरी (सुनसरी) रहेका छन् ।

त्यस्तै बैठकले थाकस दक्षिण कोरियाको कोषमा रहेको रकम थाकसका सदस्यहरुलाई आवश्यक परेको समयमा चलाउन दिनका लागि तीन सदस्यीय आर्थिक समिति गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा लिलाकान्त चौधरी (चितवन), विनोद चौधरी (सुनसरी) र विपिन चौधरी (चितवन) रहेका छन् ।

थाकस दक्षिण कोरियाको नवनिर्वाचित अध्यक्ष शिव चौधरीको अध्यक्षतामा भएको बैठक र सम्मान तथा विदाई कार्यक्रममा दोश्रो अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि ज्ञापन गरेको छ ।

बैठकमा थाकस दक्षिण कोरियाका निवर्तमान अध्यक्ष पुष्प चौधरी (सप्तरी) ले थाकस दक्षिण कोरियालाई सहयोग स्वरूप १,७०,००० वोन र सदस्य राज वन्धु महतो (पर्सा) ले सहयोग स्वरूप ५५,००० वोन प्रदान गरेको कुरा नवनिर्वाचित अध्यक्ष शिव चौधरी (चितवन) ले जानकारी गराए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *