आदित्य नारायणमाथि महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप

बलिउडका चर्चित नेपाली गायक उदित नारायण झाका छोरा आदित्य नारायण विमानका महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा विमान स्थलमै रोकिएका छन्। उनले पछि माफी मागेपछि भ्रमणको इजाजत दिइएको थियो।

रायपुरबाट आइतबार मुम्बई जाने क्रममा आदित्यले इन्डिगो विमानका ‘ग्राउन्ड स्टाफ’सँग झगडा गरेको भारतीय सञ्चार माध्यम ‘दि टाइम्स अफ इन्डिया’ले जनाएको छ। उनले विमानमा कार्यरत कर्मचारीलाई गालीगलौज गरेको पत्रिकाले जनाएको छ।

इन्डिगोका प्रवक्ताले उनी अक्टुवर १ मा ६इ२५८ नम्बरको फ्लाइटबाट ५ जनाको टोलीसहित उड्न लागेको तर ब्यागेज अत्यधिक भएको कारण विमान कर्मचारीले थप १३ हजार रुपैयाँ तिर्न अनुरोध गरेका थिए।

आदित्यले सुरुमा पैसा तिर्न अस्वीकार गरेका थिए। पछि १० हजार तिर्न राजी भए पनि महिला कर्मचारीले यो नियम विपरित हुने भन्दै उनको प्रस्ताव अस्वीकार गरेकी थिइन्। यसपछि उनले महिला कर्मचारीलाई जथाभावी गाली गरेको बताइएको छ।

आदित्यले माफी मागेपछि र नियम अनुसारको पैसा तिरेपछि उनलाई भ्रमणको इजाजत दिइएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *