थारु पत्रकार संघ दाङको अध्यक्षमा सन्तोष दहित, १३ सदस्यीय कार्यसमिति चयन

थारु पत्रकार संघ नेपाल, दाङ शाखाको तेस्रो जिल्ला अधिवेशनले सन्तोष दहितलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको छ। अधिवेशनबाट दहितको नेतूृत्वमा  १३ सदस्यीय नयाँ कार्यसमिति पनि सर्वसम्मतले चयन गरेको छ।

जसको उपाध्यक्षमा अञ्जना चौधरी, सचिवमा नवीन चौधरी, सहसचिवमा सविता चौधरी र कोषाध्यक्षमा राजकुमार कान्छा छन्। त्यस्तै सदस्यहरुमा कल्पना चौधरी, शेरबहादुर चौधरी, सवि थारु, उदिराम चौधरी, विष्णु चौधरी, अञ्जना चौधरी, श्रीराम दहित र महेन्द्र कुसुम्या छन्।

श्रम तथा रोजगार राज्यमन्त्री दिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा विभिन्न क्षेत्रका विशिष्ट पाहुनाहरुको उपस्थिति थियो। कार्यक्रममा मन्त्री चौधरीले आगामी दिनमा थारु पत्रकारहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए। उनले पत्रकारको कलमले नै कुनै पनि सूचना प्रवाह हुने वा कुनै ठाउँको प्रबर्द्धन हुने हुँदा संस्कृतिमा धनी थारु समुदायको संस्कृतिलाई प्रबर्द्धन गर्न आग्रह गरे। उनले थारु पत्रकारहरुको हकहितको लागि आफू हरदम अगाडि रहने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *