गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले मन्त्री दोहोर्‍याउने

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पार्टीका तर्फबाट मन्त्री भएकालाई नै शेरबहादुर देउवा नेतृत्वको सरकारमा दोहोर्‍याउने भएको छ।

पुरानैलाई दोहो¥याउने नीतिअनुसार अध्यक्ष गच्छदारले देउवा सरकारमा उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी लिइसकेका छन् भने बाँकी अब हुने मन्त्रिपरिषद् विस्तारमा सरकारमा जानेछन्।

‘मन्त्री छान्ने जिम्मेवारी अध्यक्षज्यूलाई दिइएको छ,’ उपाध्यक्ष सुबोधराज पोखरेलले भने, ‘प्रचण्ड (दाहाल) सरकारमा सहभागी भएकालाई नै निरन्तरता दिने भनिएको छ ।’ उनका अनुसार दाहाल नेतृत्वको सरकारमा सहभागी पार्टीका नेताले छोटो समय पाएकाले फेरि उनैलाई दोहोर्‍याउन लागिएको हो।

जितेन्द्र देव (पर्यटन मन्त्री), सुमित्राकुमारी थारु (पर्यटन राज्यमन्त्री) गोपाल दहित (भूमिसुधार मन्त्री), यशोदाकुमारी लामा (भूमिसुधार राज्यमन्त्री), जनक चौधरी (संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री) दाहाल सरकारमा सहभागी थिए।

पुरानो जिम्मेवारीमा पुनः दोहोरिने पार्टी नीति भएका कारण पनि देवले मन्त्रीको सरकारी निवास नछाडेका हुन् । पुनः गई हाल्नु पर्ने भएकाले क्वार्टर नछाडेको देवले तर्क राख्दै आएका छन् । तर, यसबारेमा भने उनले बोल्न मानेनन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *