भवन बनाउन  महिला सभा सुनसरीलाई जग्गा प्रदान

थारु महिला सभा सुनसरीले इटहरीको कचना माध्यमिक विद्यालयमा अभिनन्दन कार्यक्रम गारेको छ। थारु महिला सभालाई जग्गा अनुदान दिएको उपल्क्षयमा सो कार्यक्रमको आयोजना गरिएको हो। सभालाई स्वर्गीय धनुषधारी चौधरीका धर्मपत्‍नी ठकनी चौधरीले जग्गा उपलब्ध गराएकी हुन्। थारु बाहुल्य जिल्लाहरुमा आफ्ना शाखा विस्तार गरिसकेको सभालाई व्यवसथित गर्न भवनका लागिा सो जग्गा सभालाई हस्तान्तरण गरेको उनले जानकारी दिइन्। 

उनले सुनसरीका अध्यक्ष सुशीला चौधरीलाई जग्गा हस्तान्तरण गरेकी थिइन्। सो कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य उर्मिला चौधरीले सभालाई जग्गा दिएर महत्वपूर्ण काम गरेको बताइन्। त्यस्तै थारु अगुा तेज नारायण चौधरीले संंसारमा जन्म पछि मृत्यु निश्चित भएको भन्दै जो सुकैले पनि अमर हुन देश र राष्ट्रको लागि योगदान गर्नुपर्ने बताए।

थारु पत्रकार संघ नेपाल सुनसरीका अध्यक्ष कुलदिप चौधरीले महिलाहरु हिंसा, अन्याय,अत्याचार र शोषनमा बढी पर्ने भएकाले अबका दिनमा महिलाहरु चुलाचौकामा मात्र सिमित नभएर सञ्चारका क्षेत्रमा पनि लाग्नुपर्ने बताए।

कार्यक्रममा सभाका अध्यक्ष सुशीला चौधरीले ठकनि चौधरीलाई दोसला ओढाएर समान गरेकी  थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *