थाकस देउखुरीका सल्लाहकार चौधरीको निधन

साहित्यकार तथा पत्रकार कृष्णराज सर्वहारीलाई पितृशोक परेको छ। उनको बुबा टीकाराम चौधरीको ६४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो। २०१० कात्तिक १२ गते हालको लमही नपा–४, छुटकी घुम्ना, देउखुरीमा जन्मनु भएको उनलाई मुटु र दमको समस्या थियो।

लामो समय शिक्षक तथा फरेस्टरको जागिरमा रहेका टीकाराम चौधरी पछिल्लो अवधिमा समाजसेवामा सक्रिय थिए। थारु कल्याणकारिणी सभा (थाकस) को ३ कार्यकाल जिल्ला सचिव रहेका उनी हालः थाकस क्षेत्रीय समिति देउखुरीको सल्लाहकार थिए।

महेन्द्र बहुमुखी क्याम्पस दाङमा कुनैबेला जेठा छोरा ऋषिराज चौधरीसंग स्नातक अध्ययन संगसंगै गरेर चौधरी चर्चामा आएका थिए। उनी थारु लोकगीत गायन, संकलनमा पनि उत्तिकै रुचि राख्थे। चौधरीका ३ छोरी, एक छोरी र धर्मपत्नी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *