नेपाल लोकतान्त्रिक फोरममा चार पार्टी गाभिए

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीमा राष्ट्रिय जनता पार्टीसहित चार वटा दल गाभिएका छन् । आइतबार चारै पार्टीका अध्यक्षले विज्ञप्ति जारी गरी आफ्नो पार्टी लोकतान्त्रिक फोरममा एकीकरण भएको घोषणा गरेका हुन् ।

फोरममा समायोजन पार्टीहरुमा नेत्रबहादुर लिम्बु नेतृत्वको राष्ट्रिय जनता पार्टी, शेरबहादुर कार्की नेतृत्वको नेपाल पिपल्स पार्टी, धिरेन्द्र झा नेतृत्वको युनाईटेड नेपाल रिपब्लिकन पिपल्स पार्टी र देवीप्रसाद आचार्यको शान्ति पार्टी नेपाल रहेका छन् ।

चारै पार्टीले देशको ऐतिहासिक राजनीतिक कालखण्डका अवस्थाहरु एवं समसामयिक राजनीतिक परिस्थितीको सन्दर्भमा गहनतम छलफल गरी दिगो राजनीतिक स्थायित्व प्रदान गर्न तथा समृद्ध, एकतावद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ फोरममा समाहित भएको उल्लेख गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *