टीकापुर घटनाका कैदी परिवारलाई थाकस युएईले आर्थिक सहयोग गर्ने

काठमाडौं- थारु कल्याणकारिणीस सभा युएईले टीकापुर घटनामा पक्राउ परेका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।

युएईमा बसेको केन्द्रीय कार्यसमिति बैठकले राजबन्दी परिवारहरुमा आर्थिक अवस्था नाजुक भएको र उनीहरुका छोराछोरीहरुको पढाईमा असर परिरहेको भन्दै आर्थिक सहयोगको घोषणा गरेको अध्यक्ष किशोर चौधरीले जानकारी दिए।

समितिले आर्थिक संकलनका लागि सहकोषाध्यक्ष धर्मराज महतोलाई जिम्मेवारी दिएको छ। समितिले युएईमा बसोबास गर्ने प्रवासी नेपालीहरुलाई आर्थिक सहयोगको अपिलसमेत गरेको छ।

‘अभिभावक नहुनुको पीडा हामी सबैले बुझ्छौं। पैसाका कारण पीडित परिवारका छोराछोरी शिक्षाबाट वञ्चित हुन नपरोस्। उनीहरुले दुई छाक खान पाउन्,’ अध्यक्ष किशोर चौधरीले भने।

उनले सबैलाई सबैलाई आफ्नो गच्छअनुसार सहयोग गरिदिन अपिलसमेत गरेका छन्। ‘हाम्रो सानो सहयोगले उनीहरुको जीवन सरल बन्न सक्छ। त्यसका लागि हामी अग्रसर हुनैपर्छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *