धार्मिक पर्यटनको विकास गर्न जोगियारेमा श्रीमद्‍भागवत

मोरङको सुन्दर हरैचा २ स्थित जोगियारेमा श्रीमद्‍भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। निर्णाधिन बिष्णु मन्दिर निर्माणार्थ बुधबारबाट सुरु भएको महायज्ञको मोरङ क्षेत्र नम्बर ८ का सांसद चन्द्रबहादुर गुरुङ्ले उद्धघाटन गरे। पुरानको पूर्वसन्ध्यामा बिहान शोभाकलश यात्रा निकालिएको छ।कलश यात्राले हरैचा बजार परिक्रमा गरेको थियो। चैत २९ गतेसम्म चल्ने महायज्ञमा १९ बर्षीय युवा कथावाचक पण्डित लक्ष्मण पौडेल शास्त्रीले कथावाचन गर्नेछन्। त्यस्तै उपवाचकमा युवा पण्डित माधव मिश्र शास्त्री रहेको श्रीमदभागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ प्रचार प्रसार उपसमितीका संयोजक लिलानाथ गच्छदारले जानकारी दिए।

मोरङको सुन्दर हरैचा २ मा रहेको जोगियारेलाई धार्मिक पर्यटनका हिसावले समेत चिनाउन श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको आयोजक समितिका अध्यक्ष नन्द माझीले बताए। यसका साथै धार्मिक पर्यटनको प्रवर्द्धन लागि साथै अधुरो रहेको बिष्णु मन्दिरको निर्माण पुरा गर्न महायज्ञबाट रकम जुटाइने उनले बताए। महायज्ञबाट २० लाख रुपैयाँ बराबरको दान संकलन हुने अपेक्षा राखिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *