सीता चौधरीको नेतृत्वमा रामधुनीमा थारु महिला सभा गठन

थारु महिला सभाको रामधुनी नगरमा सीता चौधरीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। थारु कल्याण कारीणी सभाका केन्द्रीय सल्लाहकार रामराज चौधरीको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति सर्बसहमतिबाट चयन भएको हो।
समितिको उपाध्यक्षमा रेखा चौधरी, सचिवमा रेनुका चौधरी, सहसचिवमा संगीता चौधरी र कोषाध्यक्षमा रामकुमारी चौधरी छन्। त्यस्तै सदस्यमा बेनु माया, जानकी, लक्ष्मी, बबितिा, गायत्री र सबिता चौधरी छन्। त्यस्तै सल्लाहकारमा बबिता चौधरी छन्।

प्रमुख अतिथि चौधरीले थारु जातिको भाषा, संस्कृति जगेर्ना र समाजमा विद्यमान कूरितीहरुविरुद्ध महिलाहरु लाग्नुपर्ने बताए। उनले थारु समाजमा शिक्षाको कमी भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए।

थारु महिला सभा सुनसरीका अध्यक्ष सुशीला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सभाका केन्द्रीय सदस्य उर्मिला चौधरी, सभाकी इटहरी अध्यक्ष सुशीला लेखी, नेपाल आदिवासी नजजाति महासंघ रामधुनी नगरका अध्यक्ष राजकुमार चौधरी, फोनिज सुनसरीका अध्यक्ष धिरेन्द्र चौधरी, थारु पत्रकार संघ सुनसरीका कुल्दिप चौधरी, रामधुनी एफएमका नबिन चौधरीलगायतले थारु महिलाहरु संगठित हुनुपर्ने कुरामा जोड दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *