थारु लोककला र परम्परागत सिपलाई प्रवर्द्धन गर्दै सांसद

थारु सीपलाई प्रवर्द्धन र महिलालाई उद्यमी बनाउने उद्देश्यका साथ दाङको सिसहनियामा तालिम आयोजना भएको छ। सांसद गंगा थारुको संसदीय कोषबाट १२ दिने सिपमुलक तालिम आयोजना भएको हो।

सहभागी ३५ महिलालाई थारु समुदायमा प्रचलित ढकिया बुन्ने तालिम दिइएको सांसद चौधरीले जानकारी दिइन्। उनले महिललाई उद्यमी बन्ने अभिप्रायले तालिम आयोजना गरेको बताइन्।

‘थारुहरु लोककला र परम्परागत सिपलाई प्रवर्द्धन र लोप हुन नदिन तालिम आयोजना गरेका हौं,’ सांसद चौधरीले भनिन्, ‘यसले यहाँका महिललाई उद्यमी बनाउन सहयोग पुर्‍याउनेछ।’

तालिम १४ दिन आयोजना गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *