थारू फिल्म बट्वारामा होलीको तहल्का

सिएस फिल्मस् धनगढीको व्यानरमा निर्माधिन थारु फिल्म बट्वारा अर्थात भागबण्डामा समावेश गरिएको होली सम्बन्धी एक गीतले तहल्का मच्चाउन थालेको छ। होलीको अवसर पारेर धनगढी उपमहानगरपालिकाको पच्चीस घरमा छायांकन गरिएको ‘रंग अविरके पर्व आइल, हमार होली’ भन्ने बोलको गीत तथा म्युजिक भिडियोले छयांकनयता चर्चा बटुल्न थालेको फिल्म निर्माण पक्षको दाबी छ।

विशेष गरी उक्त गीतको चर्चा परिचर्चा हुनुको अर्को कारण हो, थारु सलिमाका चर्चित नायक प्रेम चौधरीको अभिनय। लामो समयपछि पुनः फिल्म क्षेत्रमा उनको सक्रियता बढेको थारु सलिमाका नव नायक मुन चौधरीले बताए।

दिलिप चौधरीको शब्द, गायक रमेश मिसनको स्वर, सुधराम दहिटको नृत्य निर्देशन रहेको उक्त गीत तथा समग्र फिल्मको निर्देशन सतिशकुमार सिन्हाले गरेका छन्। त्यस्तै फिल्मको मुख्य सहनिर्देशकमा जिभि मुखिया रहेका छन् भने द्वन्द्व निर्देशकमा प्रेम भण्डारी रहेका छन्।

फिल्मको निर्माता स्वयम निर्देशक सतिशकुमार सिन्हा रहेको फिल्ममा पारिवारिक घटनालाई मूख्य विषयवस्तु बनाइएको छ।

जिल्लाको विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको मूख्य भूमिकामा प्रेम चौधरी, सन्ध्या योगी, रामचरण चौधरी, मुन थारु, भावना रेग्मी, आइसा चौधरी, रामबहादुर चौधरी, विनोद बोहरा रहेका छन्।

फिल्मको प्रदर्शन बैशाख पहिलो साता हुने जनाइएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *