मेची महाकाली अभियानको विरोधमा थरुहट तराई पार्टीको कैलाली बन्द

एमालेको मेची महाकाली अभियानको विरोधमा थरुहट तराइ पार्टी कैलालीले बन्दको आहान गरेको थियो। अभियानको स्वागतका लागि दुर्गौली, पथरैया र गुलरामा बनाइएको स्वागत गेट थरुहट तराइ पार्टीका जिल्ला नेता रामप्रसाद चौधरीले बताए।

अभियानको विरोधमा गेट जलाएको उनले बताए । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक पुष्कर चन्दले गेट जलाउने प्रयास गरेको सुनाए । उनले भने, ‘प्रयास गरे । जलाउन पाएनन् ।’ एमालेले खोक्रो राष्ट्रवादको नारा भजाएर तराइ मधेसमा जातिय र साम्प्रदायिक द्वन्द्व निम्त्याएको भन्दै कैलाली बन्द आव्हान गरेको थरुहट तराइ पार्टीले विज्ञप्ती मार्फत जनाएको छ ।

कैलाली बन्दको प्रभाव सामान्य परेको छ । थरुहट तराइ पार्टी कैलालीका उपाध्याक्ष प्रदेशी चौधरी हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत थरुहट तराइ पार्टी नेपालले एमालेको अभियानमा कोही पनि सहभागी नहुन अपील पनि गरेको छ ।

एमाले थारु विरोधी पार्टीको रुपमा प्रचार भएको भन्दै टीकापुरको सभामा एमाले सल्लाहकार परिषदका सदस्य हनुमान चौधरीलाई पनि संवोधन गर्न दिइएको थियो । सभालाई सम्बोधन गर्दै एमालेका हनुमानले थारु भाषामै कसैको भडकाउमा नलाग्न अनुरोध गरे ।

उनले भने, ‘कान लग्यो भनेर कौवाको पछि नलाग्नुस् । संविधानले थारुलाई पुरा अधिकार दिएको छ ।’ एमालेको अभियान बर्दियाको गुलरिया, राजापुरबाट कैलालीको टीकापुर हुँदै लम्की पुगेको छ ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *