सप्तरी घटनाको विरोधमा थारु विद्यार्थीद्वारा दीप प्रज्जवलन गरेर प्रदर्शन

प्रहरी प्रशासनले सप्तरीमा चार जनाको गोली हानी हत्या गरेको विरोधमा थारु विद्यार्थी समाजले दीप प्रज्जवलन गरेको छ। मृतकहरुको मृतआत्माको शान्तिको कामना गर्दै माइतीघर मन्डलामा दीप प्रज्जवलन गरेको हो। सहभागीहरुले क्यान्डल बालेर शान्तिको कामना गर्दै प्रहरी ज्यादतीको विरोध गरेका थिए।

उनीहरुले घटनाको न्यायिक छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए। सोझा साझा जनतामाथि भएको दमन अत्यन्तै निन्दनीय भएको समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए। उनले थारु विद्यार्थी समाजले यसको घोर भर्त्सना गर्नुको साथै दोषीमाथि कारबाही माग गरे।

गत सोमबार नेकपा एमालेको मेची-महाकाली अभियानअन्तर्गत सप्तरीमा भएको घटनामा प्रहरीको गोलीबाट बुधबारसम्म चार जनाको मृत्यु भएको छ। घाइतेहरुको धरानस्थित बीसी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *