‘थारु र मधेसी बहुजातीयभित्र किन अटाएनन्?’

तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले मुलुकमाथि प्रश्न उठाउने अपराध नगरियोस् भनेका छन् । राप्रपाको एकता महाधिवेशनको उद्घाटन् सत्रमा उपाध्यक्ष त्रिपाठीले एमाले अध्यक्ष केपी ओलीले बोलेकोप्रति संकेत गर्दै भने, ‘पाँच नम्बर प्रदेशको तराईको भाग टुक्र्याइए काश्मिर बन्छ भनियो । म आज प्रश्न गर्न चाहन्छु । के दुई नम्बर प्रदेश काश्मिर होस् भनेर बनाइएको हो ? त्यो त पुरै तराई मिलाएरै बनाइएको छ ।’

त्रिपाठीले हिजोका दिनमा तराईमै बसेका मधेसी र थारुहरुले तराईको रक्षा गरेको भन्दै अहिले ति जनतालाई शंकाको नजरले किन हेरिँदैछ? भन्दै प्रश्न गरे। बहुजातीय भनेको के गहना हो? त्रिपाठीले भने, ‘यो देश बहुजातीय छ। तर, खस आर्यको मात्रै परिभाषा गरिएको छ। मधेसी र थारु बहुजातीयभित्र किन अटाएनन्। संविधान संशोधन नहुनेको भने फेरि ४७ सालकै हविगत हुने तर्क त्रिपाठीले गरे । राप्रपालाई त्रिपाठीले एउटा समूहको पार्टी नबनाउन सुझाव दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *