चौतारीको स्थापना दिवसमा पत्रकारहरुको अन्तरक्रिया

नागेन्द्र चौधरी/बारा।

प्रेस चौतारी नेपालको बारा शाखाले प्रभात फेरीका साथै विभिन्न पत्रकार सम्बद्व संघ संगठनहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। बाराको सदरमुकाम कलैयामा प्रेस चौतारी नेपालको १९औं स्थापना दिवसको अवसर परेर सो कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाश लम्सालले विशुद्व सञ्चारकर्मीको संगठन प्रेस चौतारी नेपालमात्र रहेको बताए। उनले यस संगठनभित्र सक्रिय र दक्ष सञ्चारकर्मीहरु रहेको जानकारी दिँदै सञ्चाकर्मीहरुलाई बोलेर होइन लेखेर समाजिक रुपान्तरणमा लाग्न सल्लाह दिए।

प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रीय सदस्य लक्ष्मी साह, पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्याय, महिला पत्रकार सञ्जालकी अध्यक्ष सृजा थापा, आदिवासी जनजाति पत्रकार महासंघ बाराका उपाध्यक्ष जियालाल चौधरी, थारु पत्रकार संघ बाराका सचिव चन्द्र शेखर चौधरी, मधेसी पत्रकार समाजको पन्नालाल दास, प्रेस सेन्टर पर्साका अध्यक्ष निरज पिठाकोटे लगायतको उपस्थिति रहेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *