चर्पी बनाउन सहयोग गर्न सांसद चौधरीको अपिल

नागेन्द्र चौधरी/बारा।

नेकपा एमालेका नेता एवं सांसद बलवीर चौधरीले गरिब तथा असाहायहरुको घरमा चर्पी निमार्ण गरी नरही गाबिसलाई खुला दिसा मुक्त घोषणा गर्न आह्वान गरेका छन्। एक घर एक चर्पी बनाउने नेपाल सरकारको गुरु योजनाअनुसार नरही गाबिसमा घर घरमा चर्पी निर्माण गरी गाबिसलाई खुला दिसा मुक्त बनाउन स्थानीयसँग अपिल गरेका हुन्।

बाराको नरही गाबिसमा सञ्चालित दानबिर कार्यक्रममा स्थानीय ३४ जना दानबिरहरुले एक समारोहबीच नगद र जिन्सी गरी ६० हजार पाँच सय बराबरको सहयोग गर्ने प्रतिबद्धता गरेका छन्। नरही गाबिसमा ६ सय ३७ घर धुरीमध्ये ५ सय ८९ घर धुरीमा चर्पी निमार्ण भएको र बाँकी ४८ घरधुरीमा चर्पी निर्माण गर्न बाँकी रहेको घर परिवारहरुलाई चर्पी निर्माणमा सहयोग गर्नको लागि स्थानीय समाजसेवीहरुले दान आर्थिक तथा जिन्सी सहयोग गरेको छन्।

आर्थिक तथा जिन्सी सहयोग गर्ने दानबिर किशोरी चौधरी, महेन्द्र चौधरी, महेन्द्र कुशवाहा, राधेश्याम जयवाल, प्रदीप चौधरी, रामदेव कुर्मी, पारस जयवाल, माबारक अंसारी, सुरेन्द्र साह, वीरेन्द्र चौधरी, भुपेन्द्र चौधरी, दिनेश जयसवाल, जगदीस पंडित, दिनेश चौधरी, दिपलाल साह, सुरेन्द्र गिरी, रामअयोध्या पटेल, रामनचन्द्र पण्डित छन्।

त्यसैगरी ज्याउल हंक, सुरेस यादव, राजजिवन साह, चन्द्रीका ठाकुर, सुगदेव पंडित, सुनिता पंडित, शिवशंकर चौधरी, सुनरपती यादव, नागेन्द्र राम, ताराचन साह, छोटेलाल साह, सान्झा चौधरी, सुनिता राम, रामअवतार पंडित लगायतका सहयोग गर्ने प्रतिबद्घता छन्।

कार्यक्रम गाबिस स्तरीय खानेपानी सरसफाई समन्वय समितिको आयोजना र संरक्षण नेपालको सहजीकरण तथा युएन ह्यावीटेट-ग्लोबल सेनिटेशन फण्डको सहयोगमा सञ्चालित दानबीर सहयोग कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको सहजीकरण खानेपानी तथा सरसफाई डिभिजनका गोपीलाल भगत, संरक्षण नेपालको अध्यक्ष बृजमोहन कुशवाहा, युएन ह्यावीटेटका जिल्ला संयोजक अजय कुशवाहा, कार्यक्रम संयोजक हिरालाल चौधरीलगायतकाले गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *