धनगढीमा थरुहटको आमसभा हुँदै, बाबुरामसहित थारु-मधेसी शीर्ष नेताले सम्बोधन गर्ने

लखन चौधरी/धनगढी।
थरुहट-थारुवान संयुक्त संघर्ष समिति कैलालीको आयोजनामा माघ १५ गते धनगढीमा आमसभा हुने भएको छ। कैलाली–कञ्चनपुरसहित तराई भुगोललाई थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै लामो समयदेखि आन्दोलनरत उक्त संघर्ष समितिले आन्दोलनलाई निर्णायक बनाउने भन्दै आमसभा आयोजना गर्ने निर्णय गरेको छ।

संघर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरी कुन्दनको अध्यक्षताम हालै बसेको बैठकबाट आमसभा तयारीको लागि विभिन्न निर्णयसमेत गरेको छ। आमसभामा पहिचान पक्षधर दल र संघ संगठनका शीर्ष नेताहरुद्वारा सम्बोधन हुने कार्यक्रम तय भएको जनाइएको छ।

कार्यबाहक संयोजक कुन्दनले आमसभामा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल), मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकमार गच्छदार, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबाट सम्बोधन हुने जनाए।

त्यस्तै थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारु, नागरिक समाजवादी पार्टीका संयाेजक राजकुमार लेखी, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, आदिवासी जनजाति संयुक्त संघर्ष समितिका पद्यमारत्न तुलाधर, राष्ट्रिय लाेकतान्त्रिक मञ्च थरूहटकी अध्यक्ष रुक्मणी चौधरी, नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, मधेस गणतान्त्रिक मञ्चका राजकिशोर यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका शरदसिंह भण्डारीको सम्बोधन गर्ने कार्यक्रम तय भएको संघर्ष समितिका प्रवक्ता ठाकुरप्रसाद करियाप्रधानले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *