खिचरा महोत्सवमा बबाल भो

कारी महतो/खैरहनी।

चौथो खिचरा महोत्सवको चौथो दिन अर्थात् माघ २ गते का दिन रमेश राज भट्राईले बबाल मच्चाए । उनले “बबाल भो बबाल” भन्ने गीत दर्शकका चाहना अनुसार दोहो¥याई तेहे¥याई गाएर दर्शकहरुलाई धुलो उड्ने गरी नचाए । त्यो भन्दा पनि बबाल मिलन लामा र उनको समूहले वाद्यवादन सहितका दोहोरी गीतले बुवाआमाहरु लगायत सबै दर्शहरुलाई भरपुर मनेरञ्जन दिदैं नाच्न बाध्य पारे । मिलन लामाको निमन्त्रणामा जुना बिसी, भुवन प्यासी, ढाकाराम पौडेल लगायत थुप्रै गायक कलाकारहरुको प्रस्तुति रह्यो ।

तेश्रो दिनकै हाराहारीमा आएका दर्शकहरुलाई केशवराज महतोका साथै मिलन लामाले समेत थारु गीतहरु गाएर मनोरञ्जन दिए । आयोजक कमिटिले दर्शकहरुका लागि एक प्रश्न राखेका थिए । खिचरा महोत्सवको कन्सेप्ट कसले ल्याएका थिए भन्ने प्रश्नको जवाफ दिने दर्शकहरुलाई पुरस्कार दिने घोषणा गरेका थिए । तर कसैले सहि उत्तर दिन नसकी आयोजक कमिटिले सहि उत्तर भनीदिंदा सबै दर्शक छक्क परेका थिए । किनकी चार वर्ष अगाडि खिचरा महोत्सवको अवधारणा ल्याउने व्यक्ति अरु कोहि नभई मिलन लामा नै हुन् भनी आयोजकले खुलासा गरे ।
विभिन्न महिला समूहहरु मिली बिक्रीका लागि ल्याएका थारु फुडमा दर्शकहरुको घुइचो लागेको थियो । थारु महिला समूहहरुले राखेको स्टलहरुमा एकै दिनमा ८० देखि ९० हजार बराबर व्यापार गरेको सुनेर आस्था रेष्टुरेण्टका सुनिल चौधरीले आगामी वर्षको खिचरा महोत्सवमा आफूले पनि थारु फुड बिक्रीका स्टल राख्ने बताए । यसवर्ष आस्था रेष्टुरेण्टले बजारमा पाइने परिकार मात्र राखेका थिए ।

मुरली प्रसाद गजुरेलले खैरहनी मा. वि. का गरीब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापना गरेको छात्रवृत्ति अक्षय कोषमा सहयोग गर्ने उद्देश्यले ग्रेट एफ एमले चना चटपट स्टल चलाएका छन् । हिजो चनाचटपट बिक्री गरेर १७ हजार रुपैयाँ संकलन भएको छ । त्यस स्टलको भाडा महोत्सव आयोजक समितिले निशुल्क उपलब्ध गराएका छन् । आज अन्दाजी ३५ हजार दर्शकले महोत्सव अवलोकन गरेको अनुमान लगाइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *