छोराको नाममा नेपाली नागरिकता पाइएपछि बाबुद्वारा खारेजीको माग

नागेन्द्र चौधरी/बारा।

बुबाको नागरिकता नभए पनि छोराको नागरिकता बंशज आधारमा बनाएको भन्दै भलुही भरवालिय-३ का प्रयाग दास तत्माले नगरिकता खारेज गर्न माग गरेका छन्। बाराको सदरमुकाम कलैयामा आयोजि भारत विहार लक्ष्मीपुर लक्ष्मनवा निवासी सत्यनारायण महतोको छोरा जंगबहादुर महतोको २०४९/९ /१९ गते जिल्ला प्रशासन कार्यालय बाराबाट बंशज नागरिकता लिएको भन्दै सोको खारेजीको तत्माले माग गरेका हुन्।

२०७३ पुस १२ गते जिल्ला प्रशासन कार्यालय बारामा तत्माले नगरिकताको सम्बन्धमा छनबिन गर्न दर्ता नं. ४०८३ मा उजुरी दिएको भए पनि प्रशासनले अहिलेसम्म महतोको नागरिकताको सम्बन्धमा अनुसन्धान प्रक्रिया अगाडि नबढाएको भन्दै तत्माले पत्रकार सम्मेलनमा दुःख ब्यक्त गरे।

नेपाली नागरिकलाई बंशज नागरिकता झनझट व्यहोर्नु परेपनि भारतीय ब्यक्ति जसको नागरिकता समेत नहुँदा उसको छोराले कुन आधारमा बंशज नागरिता पाउछ चासोको विषय रहेको उनेल बताए।

निज महतोको नागरिकताको विषयमा छानविनामा सहयोग तथा दबाब सिर्जना गरिदिन सञ्चारकर्मीहरुलाई आग्रहसमेत गरेका थिए।
यस सम्बन्धामा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीसँग बुझ्दा सो विषयमा अनुसन्धान भइरहेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *