थरुहटद्वारा सांसद गंगा चौधरीले आफ्नो केन्द्रीय सदस्यको हस्तारक्षर किर्ते गरेको आरोप

थरुहट तराई पार्टी नेपालले आफ्नो केन्द्रीय सदस्यको कीर्ते हस्ताक्षर गरी सांसद गंगा चौधरीले दल दर्ताका लागि निवेदन दिएको भन्दै कडा आपत्ति जनाएको छ। पार्टी अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा कञ्चनपुरका ईश्वरी चौधरी र मुन्नी चौधरीको हस्ताक्षर कीर्ते गरी थरुहट तराई पार्टी लोकतान्त्रिक नामक पार्टी दर्ताका लागि सांसद चौधरीले उनीहरुको डकुमेन्ट पेस गरेको उल्लेख छ। सांसद् चौधरी थरुहट तराई पार्टीबाट हालसालै अलग्गिएको घोषणा गरेकी थिइन्।

letter-munni-ishworiकानुन बनाउने विधायन समितिका सभापतिजस्तो गरिमामय स्थानमा बसेका सांसद चौधरीले आफ्नो पद र जिम्मेवारीको कुनै हेक्का नराखी कानुनी बर्खिलाप गर्दै दल दर्ता गराउने नाममा कसैको इच्छा, चाहना, सहमति बिना नै आफ्नो दलको कार्य समितिमा नाम राखी किर्ते हस्ताक्षर गर्ने हर्कत गरेको पार्टीले आरोप लगाएको छ। ‘सांसद चौधरीको यो गैरकानुनी कार्यका विरुद्धमा सबुत प्रमाणसहित आवश्यक कारबाहीको लागि निर्वाचन आयोगमा पत्र दर्ता गराइसकेको अवगत गराउँदै द्धय केन्द्रीय सदस्यहरु थरुहट तराई पार्टी नेपालमै आबद्ध रहेको जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तीमा भनिएको छ।

press-tharuhat-terai-party-nepal




Leave a Reply

Your email address will not be published. Required fields are marked *