कोहलपुरमा मोटरसाइकल दुर्घटना, दिलिप थारुको मृत्यु

कोहलपुरमा शनिबार दिउँसो रोहिणिखोला नजिकै मोटरसाइकल र मिनी ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ। कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे६प ४६०७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ७८२ नम्बरको मिनिट्रक एक आपसमा ठोकिँदा फत्तेपुर–८ का दिलिप थारुको मृत्यु भएको हो।

टाउको, हातखुट्टामा चोट लागेर गम्भीर घाइते उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यू भएको कोहलपुर प्रहरीले जनायो । दुर्घटनामा फत्तेपुरककी किस्मि चौधरी र दिपशिखा चौधरी गम्भीर घाइते छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *