भाषा जोगाउँदै बाराका थारु, माघ १ गतेबाट थारु भाषाको पत्रिका निस्किने

नागेन्द्र चौधरी/बारा।

आदिबासी जनजातिको रुपमा स्थापित तराईमा बसोबास गर्ने थारु जातिहको भाषा, साहित्य सभा चौथो जिल्ला अधिवेशन बाराको डुमरवानामा सम्पन्न भएको छ। थारु भाषा साहित्य सभाका संयोजक परसुराम चैधरी तथा थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य हृदय नारायण चौधरीको प्रमुख अतिथिमा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा थारु भाषाको पत्रिका ईजोत माघ १ गतेदेखि प्रकाशन हुने जनकारी दिइयो।

कार्यक्रमका बक्ताहरुले थारु भाषालाई लिपिबद्ध गरी पाठ्यक्रम बनाउन जोड दिनुपर्ने र वास्तविक थारु भाषालाई पहिचान गरी एकरुपता ल्याउन जरुरी रहेको बताएका छन्। थारु भाषालाई तराईमा बोलिने बजिका,भोजपुरी भाषामा समावेस गर्न नहुने उनीहरुको सुझाव थियो।

तराईमा २० लाख जनसंख्यामा रहेका थारुहरुको भाषा साहित्य संरक्षण हुन नसकेको उनीहरुले बताए। कार्यक्रममा थारु सांसदहरुलाई बोलाइए पनि सहभागी भएका थिएनन्।

अधिवेशनलाई लाई थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य हृदय नारायण चौधरी, रामप्रसाद चौधरी, महेन्द्र चौधरी, सुमित्रा देबी चौधरी, कौसिला देबी चौधरी,अक्ष्य चौधरी, टीका चौधरी, रामचन्द्र चौधरी, राधेश्वाम सिवाकोटी, सोहन चौधरी, रुपलाल चौधरीलगायतले सम्बोधन गरेका थिए। कार्यक्रम धृवप्रसाद चौधरीले गरेका थिए।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *