खिचरा महोत्सवको तयारी तीब्र

कारी महतो/चितवन।

पूर्वी चितवनको खैरहनीमा आयोजना हुनलागेको चौथौं खिचरा महोत्सवको तयारी तीब्र पारिएको छ। महोत्सवको स्टेयरिङ कमिटीको शुक्रबार बसेको बैठकले महोत्सवलाई व्यस्थित र प्रभावकारी बनाउन गठित विभिन्न समिति, उप–समिति लाई सक्रिय बनाएर कार्यसम्पादनमा लाग्ने निर्णय गरेको छ।विषयगत समितिहरुलाई तदारुकताकासाथ आ–आफ्ना जिम्मेवारी अनुसारका काम सम्पादन गर्न बैठकले निर्देशन दिएको महोत्सव मूल आयोजक समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिए। विभिन्न विषयगत समितिहरुको काम, कर्तव्य र अधिकार सहितको एक कार्यविधि समेत बैठकले पारित गरेको छ।

पारित कार्यविधिअनुसार नै विभिन्न विषयगत समिति, उप–समितिहरुलाई तदारुकताकासाथ जिम्मेवारीअनुसारको काम सम्पादनमा लाग्न बैठकले निर्देशन गरेको हो। महोत्सव सफल पार्नकालागि टिकेन्द्र चौधरीको संयोजकत्वमा आर्थिक समिति, पत्रकार सन्तकुमार चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिति, झगरु चौधरीको संयोजकत्वमा लेखा परिक्षण समिति, ज्ञानप्रसाद महतोको संयोजकत्वमा स्टल व्यवस्थापन समिति गठन गरेको छ।

पुस २८ देखि माघ ५ सम्म चल्ने महोत्सव खैरहनी नगरपालिका वडा नं. ५, स्थित गौचरनमा सञ्चालनमा हुनेभएको छ। यसवर्षदेखि थारु कल्याणकारिणीसभा जिल्ला समिति चितवनलाई खिचरा महोत्सवको संरक्षकको स्थानमा स्थापित गर्ने निर्णय महोत्सव मूल आयोजक समितिले गरेको छ।

त्यस्तै, राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा अतिथि आमन्त्रण तथा सत्कार समिति, वासुदेव चौधरीको संयोजकत्वमा मुल्यांकन तथा अनुगमन समिति, जंगीलाल चौधरीको संयोजकत्वमा सुरक्षा परिचालन समिति, कृष्णलाल चौधरीको संयोजकत्वमा समन्वय समिति, कारी महतोको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, अञ्जन चौधरीको संयोजकत्वमा प्रविधि व्यवस्थापन समिति, जयश चौधरीको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम व्यवस्थापन समिति लगायत विभिन्न २१ वटा उप–समितिहरु गठन गरिएको छ।

पुस २८ देखि माघ ५ सम्म चल्ने महोत्सव खैरहनी नगरपालिका वडा नं. ५, स्थित गौचरनमा सञ्चालनमा हुनेभएको छ। यसवर्षदेखि थारु कल्याणकारिणीसभा जिल्ला समिति चितवनलाई खिचरा महोत्सवको संरक्षकको स्थानमा स्थापित गर्ने निर्णय महोत्सव मूल आयोजक समितिले गरेको छ।

महोत्सवमा प्रवेश गर्नकालागि ५० रुपैयाँ टिकट कायम गरिने निर्णय भएको छ। विद्यार्थीका लागि भने ३० रुपैयाँ टिकट शुल्क कायम गरिएको छ। महोत्सवबाट बचत भएको रकम थारु संग्रहालय भवन निर्माणमा खर्च गरिने महोत्सव मूल आयोजक समितिले जनाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *