कक्षा ११ को नतीजा प्रकाशित, ५१.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षाबोर्डले बिहीबार कक्षा ११ को नियमिततर्फको नतिजा प्रकासित गरेको छ। बोर्डले जेठ २ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को परीक्षाको नतिजामा यसवर्ष ५१.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परिक्षा नियन्त्रक सन्तोस अर्यालले बताए।

परीक्षामा नियमतितर्फ विज्ञान, ब्यवस्थापन, मानविकी र शिक्षा समूह गरी कुल २ लाख ६६ हजार १ सय ३ ले सहभागिता जनाएको थियो जसमध्ये १ लाख ३७ हजार ६ सय ५ उत्तीर्ण भएको नियन्त्रक अर्यालले बताए।

यसवर्षको नतिजा गतवर्षको भन्दा २.५१ प्रतिशतले वृद्धि भएको नियन्त्रक अर्यालले जनाए। उनका अनुसार १ विषयमा फेल हुने विद्यार्थीको मौका परिक्षा माघ ८ गते संचालन हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *