बाराको नरहीमा दुई कोठे बर्थिङ सेन्टर

नागेन्द्र चौधरी/कलैया।

बाराको गाविस नरहीको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको लागि दुई कोठे भवनको शिलान्यास गरेका छन् । गाउँ विकास समितिका बुद्धिजीवी किशोरी प्रसाद चौधरीको प्रमुख अतिथिमा उक्त भवनको बिहीबार शिलान्यास गरेका छन् ।

भूकम्प प्रतिरोधात्मक उक्त भवन बनाईरहेका सामुदायिक विकास केन्द्रका इन्जिनियर विनय कर्णले जानकारी दिए । स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर निर्माणका लागि सामुदायिक विकास केन्द्र तथा गाविसको संयुक्त सहयोगमा करिब २१ लाख बराबरको रकममा दुई कोठे भवन बनाउन लागेका बारे उपभोक्त समितिका अध्यक्ष विरेन्द्र चौधरीले जानकारी दिए ।

मासिक रूपमा यस स्वास्थ्य चौकीमा करिब १५ जना प्रसुति गराउनको लागि अाउने गरेका एक स्वास्थ्यकर्मीले बताए ।
उक्त अवसरमा निर्माण समितिका सचिव प्रमोद चौधरी, समाजसेवी रामचन्द्र चौधरी, राजेन्द्र चौधरी, दिनेश साह, रामजी पटेल, सुरेन्द्र चौधरी, रबिन्द्र चौधरी, गाविस प्राविधिक राधेश्याम जैसवाल, समाजिक परिचालक, समाजसेवी, शिक्षा प्रेमी, राजनीतिककर्मी लगायतको उपस्थिति थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *