कुख्यात अपराधी प्रहरीको नियन्त्रणमा

नागेन्द्र चौधरी/कलैया।

वास्तवमा भन्ने भरेका छन् कि पाप धुरीबाट कराउछ यो कुरालाई बाराका प्रहरीले एक कुख्यात अपधारीलाई पक्रिएर प्रमानित गरेका छन् । जिल्ला बारा गा.वि.स.दहियार वडा नं.७ बस्ने २७ वर्षको दिनेश भन्ने सावन जैसवालले मिति २०६३ पुस ११ गते मनकामना तेल उद्योगमा कार्यरत ना.१ ख. ७६७५ नं.को ट्रक चालक अजय भन्ने अवध प्रसाद कुर्मीलाई कर्तव्य गरी फरार रहेका अपधारीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका छन् ।

मृत्क चालकलाई उनकै खलासी दिनेश भन्ने सावन जयसवालले नै मिति २०६३ पौष ११ गते बिहान पौने १० बजेतिर कर्तव्य गरी मारेको थियो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबू रेग्मीका अनुसार दिनेश भन्ने सावन जयसवालले जिल्ला बाराकै गाविस बहुअरी वडा नम्बर ६ गण्डक स्थित मनकामना तेल उद्योगमा ट्रक चालक जिल्ला पर्सा गा.वि.स.मुडली वडा नं.३ घर भई हाल विरगंज उप महानगरपालिका वडा नं.१७ बस्ने ५० वर्षको अजय भन्ने अवध प्रसाद कुर्मीलाई मारेका थिए । साथै जैसवालको विरूद्वमा चालका श्रीमती ४१ वर्षकी परमा देवी कुर्मीनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

प्रहरी नायब उपरीक्षक रेग्मीका अनुसार मनकामना तेल उद्योगको कम्पाउण्ड भित्र सोही उद्योगको सामान आयात निर्यात गर्ने ना १ ख ७६७५ नं.को ट्र«कको चालक अजय भन्ने अवध प्रसाद कुर्मिलाई अभियुक्त दिनेश भन्ने सावन जैसवालले टाउकोमा रड समेतले प्रहार गरी कर्तब्य गरी मारी, मृतकको साथमा रहेको नगद नौ लाख २० हजार समेत लुटी भागी फरार रहेका थिए । त्यसैगरी ट्रक चाकललाई मारी पाँच लाख ६० हजार नगद सहित मुम्बई शहरको पनवेल पुलिस स्टेशनमा पक्राउ परी ३ महिना जेलमा बसेको ईन्टरपोलले जानकारी दिए ।

तथा अभियुक्त जैसवालले नेपाल फर्कि तराई जनतान्त्रिक मुक्ति मोर्चामा कार्यरत रही विभिन्न लुटपाट तथा चोरी कार्यमा संलग्नता रही जिल्ला प्रहरी कार्यालय रौतहटबाट डाँका मुद्दामा पक्राउ गरी १४ महिना जेल चलान समेत भएका छन् । हाल आएर अपराधिले आफ्नो अपराध लुकाउनको लागि काठमाण्डौ तथा पोखरा स्थित वडा एरियामा पेन्टिङ्ग काम गर्दै लुकिछिपी बस्दै आएको सुचनाको अाधारमा अाफूहरूले पक्राउ गर्न सकेका जिल्ला प्रहरी कार्यालय बाराले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीसँग संमन्वय गरी अपराधी जैसवाललाई पोखराबाट मंसिर ०१ गते पक्राउ गर्न सफल भएका प्रहरी श्रोताले जानकारी दिए । अपराधी जैसवालले आफ्नो अपराध लुकाउनको लागी एकिन जन्ममिति भन्दा ४ वर्ष कम उमेर बनाई जिल्ला प्रशासन कार्यालय बाराबाट सावन जयसवालको नामले नागरिकता समेत बनाउन भयाईसकेका छन् । त्यसैगरी उनले अध्ययन गरेको भोला उच्च माध्यमीक विधालयमा २०६६ सालमा दिनेश जयसवाललाई गा.वि.स.को सिफारिसमा सावन जयसवाल भनि अभिलेख समेच सच्चयाई सकेका छन् ।

उक्त अपराधीलाई अावश्यक अनुसंधान गरि जिल्ला अदालतको अादेशले पुर्व पक्षका लागि विरगंज कारागार चलान गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *